शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

सेञ्चुरी कमर्सियल बैंकले मिति २०७९ असार ९ गतेदेखि काठमाडौँ नगरपालिका वडा नं.२५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले ग्राहकवर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौँको मुख्य व्यवसायीक केन्द्र असनमा सेवा उपलब्ध गराएको छ । उक्त शाखा बैंकका सञ्चालक समिति सदस्य प्रा.डा. गीता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले संयुक्त रूपमा असन शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरिएको जनाइएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंकका उच्च व्यवस्थापन समूह सहित स्थानीय बासीहरूको उपस्थिति रहेको थियो । असन शाखा सहित उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ ।  आ.व २०७८ चैत्र मसान्तसम्म बैंकको निक्षेप संकलन रु. ९२ अर्ब ९६ करोड र कर्जा लगानी रु. ८९ अर्ब ६५ करोड पुगेको छ । यसबिच बैंकले १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको जनाइएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशभर शाखा तथा शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४५पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया