शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

जलस्रोत, ऊर्जा तथा सिचाइ मन्त्री पम्फा भुसालले महँगो पेट्रोलियम पदार्थ विस्थापित हुन विद्युतीय ऊर्जाको खपतलाई बढाउन आग्रह गर्नुभएको छ । मुलुकको आर्थिक समृद्धिको मुख्य आधार जलविद्युत भएको भन्दै उहाँले महँगिँदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपतलाई बढाउन पर्नेमा जोड दिएका हुन् । मन्त्री भुसालले, नेपाल सर्भेयर एसोसिएसनको जलविद्युत आयोजनामा बिमाका समस्या विषयक आइतबार, राजधानीमा आयोजना गरेको ‘जलविद्युतको शक्ति: सेतो सुन’ अन्तरक्रिया कार्यक्रममा उनले बताए ।

प्रकृतिले दिएको वरदान अर्थतन्त्रको महत्त्वपूर्ण जलस्रोत ऊर्जाको भरपुर उपयोग नहुँदा नेपाल आर्थिक र सामाजिक विकासको दृष्टिले पछि परेको छ । एकसय १२ वर्ष पहिले जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्रको नामले परिचय पाएको नेपालले जलविद्युतको उपयोग भने हुन सनकेको उनको जिकिर थियो ।  नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै, उहाँले औद्योगिक क्षेत्रमा पनि हाल ऊर्जा अभाव नभएको बताए । मन्त्री भुसालले जलविद्युत आयोजनाको बिमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार छ । यस क्षेत्रका बिमामा देखिएका समस्या सरोकारवालाहरुसंग छलफलबाट समाधान निकाल्न उनले आग्रह गरेका छन् ।

बिमा क्षेत्र नाफा मूलक मात्र नभई यस क्षेत्रले जोखिम बहन गर्दे प्रवाह गरेका सेवा महत्त्वपूर्ण रहेको बताइएको थियो । बिमाले संकटमा सुरक्षा दिने भएकाले पूर्णरुपमा नाफा आर्जन मात्र नभई सेवा दिने क्षेत्रका रूपमा सबैले बुझ्नु पर्नेमा उनले जोड दिइएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्धिको मुख्य आधार जलविद्युत आयोजनाहरूलाई बिमा मार्फत जोखिम रहित बनाउन सके जलविद्युतको निर्माणले तीव्र गति पाउने टिप्पणी गरेका थिए ।  बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा क्षेत्रकै महत्त्वपूर्ण पक्षका रूपमा सर्भेयर भएको भन्दै, “सर्भेयरले पीडाको बेलामा उपस्थिति जनाई, उसकै रिपोर्टको आधारमा बीमितले राहत पाउँछ ।” त्यसकारण सर्भेयरको विश्वसनीयता नै बिमा व्यवसायको साखसँग जोडिएको छ । उनले सर्भेयरको भूमिका र विश्वसनीयता वृद्धिमा एसोसिएसनले महत्त्वपूर्ण भूमिका रहेको बताए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमाको दरको विषय अन्तर्राष्ट्रिय अभ्यास अनुसार तय हुने बताए । जलविद्युत क्षेत्रको बिमाको दरका विषयमा रहेको विवाद छलफलबाट समाधान गर्न सकिन्छ । जलविद्युतको बिमाका क्षेत्रमा देखिएका विवाद समाधानका लागि यस प्रकारका अन्तरक्रिया सहयोगी हुने सर्भेयर एसोसिएसनका उपाध्यक्ष देउकाजी गुरुङले जानकारी दिएका छन् ।

एसोसिएसनका महासचिव पवित्र विक्रम राणाले समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महसुस गरेर हाल जलविद्युत क्षेत्रमा देखिएका विविध समस्याहरूलाई सम्बोधन गर्न र यस क्षेत्रसँग सम्वद् विज्ञहरूको अनुभव, ज्ञान आदान प्रदान गर्दै आपसी समझदारी विकास हुनु गोष्ठीको मुख्य उद्देश्य रहेको बताएका थिए । सर्भेयर एसोसिएसनका अध्यक्ष मोहन पुरुष ढकालले नेपालको अर्थतन्त्र विकासमा जलविद्युत क्षेत्रले पुर्‍याउन सक्ने योगदान र यसका समस्या समाधानमा केन्द्रित भई कार्यशाला गोष्ठी आयोजना गरिएको बताए । गोष्ठीको निचोडलाई सर्भेयर संघले सम्बन्धित निकायलाई प्रतिवेदनको रूपमा उपलब्ध गराउने अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया