शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

मुविक्क्षा गजुरेल उमेरले मात्र ११ वर्षकी भएपनि तेक्वान्दो खेल जगतको, १६ वर्ष मुनीका खेलाडी समूहमा उच्च सफलता हासिल गर्ने प्रतिभाशाली खेलाडी हुन् । यस क्रममा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिगोयतामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दे भारतको आसाममा आयोजना हुने “इन्डिया ओपन कुकिवन डिस्प्याच” अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिगोयतामा सहभागी हुन सफल भएको, तेक्वान्दो अभ्यास गर्ने जैसिदेवल तेक्वान्दो डोजाङ्गले जनाएको छ । कक्षा ६ मा अध्ययनरत आश्रय विध्या सदनको छात्रा, उनले २०७४ सालबाट तेक्वान्दोको, पुम्से खेल विधाबाट प्रशिक्षण सुरु गरेकी उनको पारिवारिक स्रोतले बताएका छन् ।

राजेश प्रजापति, अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक जैशिदेवल यूथ क्लब

प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै , प्रशिक्षकमा अन्जित राई लगायतका सदस्य सहभागी छन् । जैशिदेवल यूथ क्लबबाट सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले आजै उक्त प्रतियोगितामा सहभागी हुन ११ खेलाडी सहित १४ सदस्य समूहलाई शुभकामना सहित बिदाइ गरेको जैशिदेवल यूथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिले टेलिफोन सम्पर्कमा जानकारी गराएका छन् । बिदाइ कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य समेत सहभागी भएका थिए ।

असार १७ देखि १९ गतेसम्म सञ्चालन  इन्डिया ओपन कुकिवन डिस्प्याच” का लागि नेपाली तेक्वान्दा खेलाडी समूह आजै भारतको असामका लागि प्रस्थान गरेका छन् । भारतमा सम्पन्न हुने खेलमा दुई लाखभन्दा बढी रुपैयाँको सम्पूर्ण खर्च जैशिदेवल यूथ क्लबले व्यहोर्ने क्लबका अध्यक्ष, राजेश प्रजापतिले बताएका छन् । “इन्डिया ओपन कुकिवन डिस्प्याच” अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिगोयतामा सहभागी खेलाडीहरूलाई बिदाइको क्रममा प्रोत्साहन स्वरूप, ग्रेडिङ पाएका खेलाडीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । नेपाल तेक्वान्दो संघले हालै आयोजना गरेको राष्ट्रिय स्तरको पहिलो खुल्ला Taekwondo Poomsae Championship 2022 मा डोजाङ्गबाट सहभागी भई पदक हासिल गर्नेहरूलाई सम्मान गरिएको थियो । त्यस प्रतियोगितामा डोजाङ्गका खेलाडी मुविक्क्षा गजुरेलले १२ वर्ष उमेर समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

प्रतियोगितामा सहभागी खेलाडी

उनले यस अघि सन २०२१ को 1st Intra Dojang Taekwondo Championship बाट स्वर्ण पदक हात पारेकी थिइन् । त्यस्तै १२ वर्ष मुनिका खेलाडी समूहमा 10th Korean Ambassador Open National Virtual Poomsae Taekwondo Championship मा रजत पदक प्राप्त गरेकी हुन । सानै उमेरको खेल यात्रामा 1st National Open Taekwondo  Poomsae Championship 2022 तथा १५ वर्ष मुनिको प्रथम गोकर्णेश्वर नगर जिल्ला प्रतियोगितामा समेत कांस्य पदक आफ्नो खातामा समावेश गरेकी छिन् । मुविक्क्षा तेक्वान्दोको तहका Black Belt 1st Dan को उपाधि प्राप्त गरिसकेकी खेलाडी हुन ।

तपाईको प्रतिक्रिया