शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

कुमारी बैंक र बैंक अलबिलाद बिच रेमिटेन्स सम्झौता भएको बैंकले जनाएको छ । यस सम्झौता पछि साउदी अरेबियाबाट सहजरुपमा विप्रेषण भित्र्याउने उद्देश्यका साथ साउदी अरेबियाको बैंक अलबिलादसँग कुमारी बैंकले यो सम्झौता गरेको छ । जनाइएको छ ।  उक्त सहकार्यपछि बैंकको एन्जाज एप, एन्जाज सेन्टर,अलबिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिन मार्फत रेमिटेन्स पठाउन सकिने बैंकले जानकारी गराएको छ । सो रेमिटेन्स कुमारी रेमिटको नेपाल भर रहेका १६ हजार भन्दा बढी भुक्तानी केन्द्र मार्फत प्राप्त हुन सकिने बैंकले जनाएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र बैंक अलबिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरेका हुन । कार्यक्रममा सिइओ खनालले दुई बैंकको साझेदारीले साउदी अरेबियामा रहेका नेपालीले रेमिटेन्स पठाउन सहज हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया