शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपाली खाद्य तथा औषधि उत्पादन उच्च गुणस्तरीय हुँदै जाने क्रममा उपलब्ध औद्योगिक परामर्शदाताको ज्ञान तथा सीप प्रयोगमा आएको औषधि उद्योगका परामर्शदाता कम्पनी डिलाइट एम एण्ड ई का प्रबन्ध निर्देशक कुमार लुइँटेलले बताएका छन् । कम्पनीले आइडियल, केभा, ग्रेस लगायतका एक दर्जन बढी फर्मास्युटिकल उद्योगको निर्माण तथा हस्तान्तरण गरिसकेका छन् । डिलाइटबाट उद्योग निर्माण भई पूर्ण सञ्चालन आउन कम्तीमा २ वर्ष लाग्ने गरेको उनले दाबी गरेका छन् । कम्पनीसँग हाल १० इन्जिनियरी, विभिन्न क्षेत्रका प्राविधिक सहित ५० व्यक्तिको टोली सहितले उद्योगको परामर्शमा सहयोगी भएका छन् । डिलाइटले २० औषधि उद्योग , नोबेल मेडिकल कलेज सहित ६ अस्पताल त्यस्तै नास्टको भौतिक पूर्वाधार तथा तत्कालीन के.पी शर्मा ओली सरकारले सुरुवात गरेको महत्त्वाकाङ्क्षी दमक भ्यु टावरमा प्राविधिक सहजीकरण गरिएको उनले जानकारी गराएका छन् ।

दमक भ्यु टावर

उद्योगमा परामर्शदाता कम्पनीबाट निर्माण पछिको आवश्यक प्रविधि जडान लगायतका प्रक्रियाहरूलाई सहजीकरण गरिँदै जानुपर्ने हुन्छ । यही कार्य समयमा नहुँदा उद्योगको लगानी उच्च भई योजना अनुसार प्रतिफल नपाइएका उदाहरणहरू पाइने गर्दछन् । हाल औषधि उद्योग निर्माण तथा प्रविधि आयातमा करिब ४० करोडको लगानी हुने गर्दछ ।

ती उद्योगहरूमा विश्व स्वास्थ्य संगढन मापदण्ड अनुसार औषधि उत्पादन स्थललाई संक्रमण रहित तथा वातानाकुलका लागि हिटिङ्ग तथा भेन्टिलेसनका सुविधा उपलब्ध गराउनु कम्पनीको मुख्य दायित्व भित्र पर्दछ । त्यस्तै उत्पादन स्थलमा निसंक्रमणका लागि HVAC लगायतका उपकरण जडानमा डिलाइट एम एण्ड इ सहयोगी बनेको बताइएको छ । उद्योगकमा विभिन्न प्रकारका एक्टीभ फर्मास्युटिकल इन्ग्रीनेन्ट (API) लगायतका कच्चा पदार्थ संक्रमण रहितका साथै ओस तथा ढुसी नलाग्ने तरीकाले गोदाम गर्नुपर्ने हुनाले उद्योग निर्माणमा उच्च सतर्कता अपनाउनु पर्दछ ।

परामर्शदाता लुइँटेलका अनुसार औषधि उत्पादन संवेदनशील प्रक्रिया हुने गरेकोले उद्योगका भौतिक पूर्वाधार निर्माण, कच्चा पदार्थ राखिने गोदाम त्यस्तै उत्पादन स्थलको निर्माण अनिवार्य अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने उनी बत्ताउँछन् । बजार पठाउन तैयारी औषधि राखिने गोदाम स्थल विश्व स्वास्थ्य संगढनले सुझाएको मापदण्ड अनुसारको हुनुपर्ने भएकोले कुशल औद्योगिक परामर्शदाता आवश्यक हुने गर्दछ । त्यसैले उद्योगीवर्गले समेत सोही प्रकारको परामर्शदातालाई छनौट गरिनु पर्दछ ।  नेपाली औद्योगिक परामर्शदाता स्तरीय रहेको दाबी गर्दे कुमारले भने, राष्ट्रिय स्तरका उद्योगमा हालसम्म विदेशी परामर्शदातालाई प्राथमिकता दिइएकोमा दुःख व्यक्त गरेका छन् । ती विदेशी कम्पनीहरूबाट उद्योगलाई आवश्यक परेको बेलामा सहयोग नगरेका थुप्रै उदाहरणहरू भेटिने गर्दछन् ।

औषधि उद्योगमा व्यवसायीक परामर्शदाता नियुक्तिमा सरकारी अनुगमन निकायको सल्लाह आवश्यक रहेपनि स्वास्थ्य मन्त्रालय वा विभागबाट यस विषयमा नीतिगत सहयोग गरिँदैन । देशमा निजी क्षेत्रबाट औषधि उद्योगतर्फ उच्च लगानी गरिँदै १०० भन्दा बढीको संख्या नाघेपनि ती उद्योगहरूको संरक्षणमा वित्तीय, नीति तथा तिनका उत्पादनको बजार संरक्षणमा सिन्को नभाँच्ने सरकारसङ स्वदेशी परामर्शदाता प्रयोगमा औद्योगिक क्षेत्रमा सहकार्य हुनेमा आस गर्न नसकिने उनले बताएका छन् । राज्यले हालसम्म जनसख्ंयामा आधारित कति प्रकारको औषधि परिमाणगत रूपमा आवश्यक रहेको तथ्याङक व्यवस्थित गरेको छैन ।

औषधि उत्पादन क्षेत्र नवीन प्रविधिमा आधारित हुने गर्दछ । नेपाली उद्योगले समेत विश्वमा देखिएका उच्चस्तरीय प्रविधि प्रयोगलाई प्राथमिकता दिँदै, हाल बजारमा स्थानीय उद्योगले करिब ५० प्रतिसतको हिस्सा ओगट्न सफल भएको हो । उत्पादनका नवीन प्रविधि प्रयोगमा नेपाली परामर्शदाता समेत सिपालु भएकोले अन्तर्राष्ट्रिय प्रविधि नेपालमा सहज तरीकाले जडान हुन सक्दछ ।  औद्योगिक परामर्शदाता कम्पनीले उद्योग निर्माणमा आवश्यक सिभिल, प्राविधिक तथा प्रयोगमा ल्याइने प्रविधिका बारेमा सम्पूर्ण जानकारी दिने गर्दछ । यसबाट परियोजना लागत समेत कम हुन गई योजना अनुरूप वजारमा उत्पादन आउन सहयोगी हुने गर्दछ । उचित परामर्शदाता नभइंदिदा उद्योगको लागत दर उच्च हुने तथा समयमा परियोजना नसकिने समस्या नेपाली उद्योगमा देखिएका छन् ।

उद्योग निर्माण मध्ये कठिन कार्य औषधि उद्योग पर्ने गरेको आफ्नो अनुभव बताउँदै , स्तरीय औद्योगिक परामर्शदाता आवश्यक पर्ने पर्दछ । डिलाइटले HVAC लगायतका उपकरण जडानमा क्यानडाको, (M-ENERGY) , भारतीय (WAVES) तथा (HITACHI ) ब्रान्ड प्रयोगमा ल्याएको छ । उद्योगबाट उत्पादन गरिएका औषधिको अडिटमा (WHO-GMP) गुणस्तर मापनमा विश्व स्वास्थ्य संगढनले सुझाए अनुसारको गुणस्तर हुनुपर्ने भएकोले त्यही मापदण्डको अनुसरण गर्दे प्रविधि तथा उपकरण जडान हुनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया