
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेशियालिटी क्लिनिक बिच विशेष छुटमा सेवा उपलब्ध गराइने सम्झौता भएको कम्पनीले जनाएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी तथा ग्यालेक्सी स्पेशियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी,शेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेशियालिटी क्लिनिकका सेवाहरू मध्ये: X-ray, USG, ECG, ECHO लगायतका सेवाहरूमा १० % सम्म र OPD सेवामा २५ % सम्मका आकर्षक छुट प्राप्त हुने जनाइएको छ ।
काठमाण्डौँको , महाराजगन्जमा अवस्थित उक्त क्लिनिकबाट आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानुभावहरूले आवश्यकता अनुसारका सेवाप्राप्त गर्न सक्ने छन् । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लि. का नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी OPD क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरूलाई आवश्यक पर्ने सम्पूर्ण निर्जीवन बिमा प्रोडक्टसहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत प्राप्त गर्नसक्ने सुविधा उपलब्ध गराइएको जानकारी गराएका छन् ।