शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडेमीले भारतको आसाममा मिति २०२२ जुलाई १ देखि ३ सम्म “इन्डिया ओपन कुकिवन डिस्प्याच” आयोजना गरेको प्रतियोगितामा सहभागी जैसिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीद्वय मुविक्क्षा गजुरेलले सब–जुनियर श्रेणीतर्फको ग्योरोगीमा स्वर्ण र पुम्से खेलमा कांस्य पदक हात पार्न सफल भएकी छिन् ।अर्का खेलाडी रोजन प्रजापतिले सोही प्रतियोगिताको क्याडेट श्रेणीको ग्योरोगीमा रजत त्यस्तै पुम्सेतर्फ कांस्य पदक जित्न सफल भएको जैशिदेवल युथ क्लबले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी

नेपालको प्रतिनिधित्व गर्दै ग्योरोगी तर्फ मुविक्क्षा गजुरेल सहित आस्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक प्राप्त गरेका हुन् । त्यस्तै सन्देश राई, राहुल लिम्बु र समर लामाले कांस्य पदक साथै पुम्से तर्फ सुरेश हाङ लिम्बु, रोजन प्रजापति र मुविक्क्षाले कांस्यगरि नेपालका लागि १३ पदक जित्न सफल भएको जनाइएको छ ।“इन्डिया ओपन कुकिवन डिस्प्याच” प्रतियोगितामा आयोजक भारत सहित अन्य सार्क राष्ट्रहरूमा नेपाल, भुटान तथा बगंलादेशका खेलाडी सहभागी रहेका थिए ।

जैशिदेवल युथ क्लबले सञ्चलन गरेको जैशिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडीहरूले “इन्डिया ओपन कुकिवन डिस्प्याच” मा सहभागी भएका थिए । सहभागी टोलीमा प्रशिक्षक अन्जित राई, व्यवस्थापक रमेश प्रजापति, अफिसयल भरतकारञ्जितको नेतृत्वमा आषाढ १४ गते भारततर्फ प्रस्थान गरेका थिए । उक्त प्रतियोगिताको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी- पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक सहजकर्ता रविन मल्ल सहभागी भएको अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।

तपाईको प्रतिक्रिया