शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको पुष्टि गरेका छन् । तर उनी निर्दोष साबित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् । आर्थिक वर्ष २०७९–०८० को बजेट भाषण अघि करका दर हेरफेरमा बिचौलिया प्रयोग भएको आरोप सहितका समाचारले अर्थमन्त्रीलाई राजीनामाको दबाब पछिल्ला दिनमा बढ्दै गएको थियो । समाचार सूत्रका अनुसार संसदमा आजै आफ्ना कुरा राखी राजीनामा दिने मुडमा रहेका थिए । उनी माथी बजेट निर्माणको अघिल्लो रात अनधिकृत व्यक्ति प्रवेश गरेको सिसिटिभी फुटेज डिलिट गरेको आरोप लाग्दै राजीनामाका लागि चौतर्फी आवाज उठेपछि, उनी राजीनामा दिने मुडमा पुगेको हुन । ‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,’ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नु भएको छ । उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं उनले भने ।’

नेता पुनले पार्टीले राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको पनि खुलाए । विगतमा मन्त्रीमाथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभए पनि शर्माले दिएको उनले बताए । ‘पार्टीले पनि राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको हो,’ उनले भने, ‘यद्यपि उहाँले राजीनामा दिन अनिवार्य थिएन । विगतमा बजेटका बारेमा विष्णु पौडेलजीका बारेमा कुरा उठेर संसदीय समिति बन्यो तर उहाँले राजीनामा दिनुभएन ।’ सूत्रका अनुसार मंगलबार प्रधानमन्त्री देउवा र प्रचण्डबिचको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया