शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

जापानमा लामो समयसम्म शासनगर्ने प्रसिद्ध नेता तथा प्रधानमन्त्री सिन्जो आबेको शुक्रवार गोली प्रहारबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रमुख समाचार बनेको छ । जापानको नारा नामक शहरको सडकमा एक राजनीतिक अभियानको भाषण दिने क्रममा बिहीबार बेलुकी, जापानीज समय अनुसार ५.३० बजे, ६७ वर्षीय सिन्जोमाथी गोली प्रहार गरिएको जनाइएको छ । जापानमा आइतबार सम्पन्न हुने माथिल्लो सदनको चुनावी अभियानमा बोल्ने क्रममा गोली प्रहार गरिएको हो । गोलीलागे लगत्तै उनलाई नारा मेडिकल विश्वविद्यालय पुर्‍याइएको थियो । उनको शल्यक्रियामा सहभागी चिकित्सकहरूका अनुसार उनको घाँटी तथा मुटुमा लागेको गोली निकालिए पनि अत्यधिक रक्तस्राव भएकोले आबेलाई बचाउन नसकिएको जनाइएको छ ।

सिन्जो जापानका उदार प्रजातान्त्रिक पार्टीका नेता थिए । उनी पहिलो पटक सन २००६–२००७ सम्म जापानका प्रधानमन्त्री बनेका थिए । त्यसको लगत्तै पुन्ह सन २०१२ देखी २०२० सम्म प्रधानमन्त्रीको पदभार सम्हालेका, उनलाई दोस्रो विश्वयुद्ध पछि चीनसँगको जापानको सम्बन्ध सुमधुर बनाउन सफल नेताको नामले समेत उनी परिचित छन् । सन २०२० मा उनले प्रधानमन्त्री पदबाट १ वर्ष कार्यकाल अघि स्वास्थ्यका कारण राजीनामा गरेका हुन् । आबे कोलाइट्स नामक पेट सम्बन्धी रोगबाट पीडित थिए । जापानमा अत्यधिक मनपराइएका यी नेताले आफ्नो प्रधानमन्त्रीकाल अवधिभर जापानको अर्थतन्त्र सुदृढ बनाउन ऐतिहासिक कार्य गरेको बताइन्छ । बिजनेश वल्ड डिजिटल म्यागाजीन सिन्जो आबे र उनको परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

तपाईको प्रतिक्रिया