शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नबिल र नेपाल बंगलादेश बैंक मर्जर एक बृहत् समारोहका बिच दुई बैंक मर्जरको घोषणा भएको छ । अब नबिल हालसम्मकै ठुलो बैंकको रूपमा परिचय दिई कुल चुक्ता पुँजी २८ अर्ब ५७ करोड रहेको छ । अठार अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १०० : ४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो । असार १५ गते दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।
उक्त अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक नाफामा थप अग्र स्थानमा हुने र कर्मचारीहरूलाई कुनै भेदभाव नहुने बताएका थिए । त्यस्तै बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले नबिल बैंककोअग्रणी स्थान कायमै राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया