शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

वाणिज्यमा सहयोगी बनेका लजेष्टिक व्यवसाय कोरोना महामारी पछि लयमा फर्किन सकेको छैन । हाल निर्यात योग्य सामग्रीको लजेष्टिक अन्तर्गत कुरियर कम्पनीहरूले दरमा अत्यधिक वृद्धि गरिएको आरोप निर्याकर्ताहरुको छ । तर स्काईनेट वर्ल्ड वाईड एक्सप्रेसका प्रमुख कार्यकारी निर्देशक, विजय रिजालका अनुसार निर्यातमा लजेष्टिक मूल्य वृद्धि हुनुको कारण कर्मसियल कार्गो बोक्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले कार्गोमा लाग्दै आएको प्रति केजीको दरमा वृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर नेपाली निर्यातकर्तामा पर्न गएको प्रस्ट पारेका छन् । कुरियर कम्पनीहरूले निर्यात वाणिज्यमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय लजेष्टिकको दरमा वृद्धि नगरिएको उनले बताए । उता निर्यात उद्योग लयमा फर्किन नसकेपछि कुरियर व्यवसाय फस्टाउन नसकेको हो ।

स्काईनेट अन्तर्राष्ट्रिय सञ्जाल रहेको कुरियर कम्पनीले नेपालमा लामो समय देखी निर्यात सामाग्रीलाई विदेशी बजारमा पुर्‍याउन सहयोगी बन्दै आएको छ । उनका अनुसार कुरियर कम्पनीहरूले अत्यधिक बजार मूल्य वृद्धि पछि अन्तर्राष्ट्रिय हवाईजहाज कम्पनीको दरमा, पिकअप–ड्रप सहित ४ प्रतिशतको झिनो मुनाफा राखी कमर्सियल कार्गोका दर राखिने गरिन्छ ।


निर्यात उद्योग ,कृषि तथा पर्यटन  क्षेत्रको विकासमा सरकार तथा राजनितक पार्टीहरूले खासै चासो नदिएपछि नेपालको निर्यात वाणिज्य चालु आ.वमा २ खर्ब नजिक पुग्न नसकेको तथ्याङ्क राष्ट्र बैंकले प्रकाशित गरीसकेको छ । उच्च परिमाणमा निर्यातका वस्तु उत्पादन हुन नसकेपछि अन्तर्राष्ट्रिय बजार माग आपूर्ति समेत हुन नसकेको उनले बताए । कोराना महामारी अघिको दाजोंमा हाल अन्तर्राष्ट्रिय वायुसेवाहरूले कार्गोको फ्रेट दरमा ४० प्रतिसतसम्म मूल्यमा वृद्धि गरेका छन् ।


निर्यात वाणिज्यमा नेपाली निर्यात सामग्रीको अत्यधिक माग भएका गनतब्यमा, कार्गो व्यवसाय सहजीकरण हुने वायुसेवा निगमको सिङगापुर, युरोप तथा अमेरिका लगायतका गन्तव्यमा सञ्जाल फैलिन आवश्यक छ । यसबाट कार्गोको फ्रेट दरमा केही सहज हुने थियो । तर वायुसेवा निगमको कमर्सियल सेवामा आवश्यक योजना हालसम्म आएको छैन । दुबई लगायतका केही सेक्टरको उडानले मात्र पुग्दैन । तर अफसोस वायुसेवा निगम अत्यधिक राजनीतिकरणको चेपुवामा फसेको छ ।

नेपालमा सञ्चालित ब्राण्डेड कुरियर कम्पनीले अन्तराष्ट्रिस्तरको सेवा उपलब्ध गराउने त्रममा दर समेत त्यही अनुसार हुने गर्दछ । अर्कोतर्फ ब्राण्डेड कुरियर र अन्यको बिच दरमा अत्यधिक अस्वस्थ्य प्रतीस्पर्थाले उपभोक्ता पीडित छन् । निर्यात उद्योगीले बिचौलिया मार्फत पाएको लजेष्टिक दर र सिधा ब्रान्डेड कुरियर कम्पनीले व्यवसायको आधारमा दिने दरमा समेत ग्याप हुने गरेकोले कार्गोको फ्रेट मूल्य थप महँगो हुने गरेको पाइएको, उनले थपे । निर्यात उद्योगलाई वार्षिक दर कायम गरी लजेष्टिक सेवा उपलब्ध गराइने क्रममा फ्रेट दरमा अचानक हुने मूल्य वृद्धिले घाटा हुने गरेपनि ब्राण्डेड कुरियर कम्पनीहरूले निर्यात उद्योग सहयोगका लागि फ्रेट दरमा वृद्धि गरेका छ्रैन् ।

 

 

तपाईको प्रतिक्रिया