शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

भाइरस प्रजाति मध्येकै छिटो फैलाई सबै उमेर वर्गका व्यक्तिका लागि घातक मानिएको कोरोना भाइरसको संक्रमण गति केही कम भएपनि फेरी नयाँ भेरीयन्टले आक्रमण गर्ने त्रास रहेकोले पूर्व तयारीलाई प्राथमिकता दिइनु पर्दछ । कोरोनाको सक्रमणबाट बच्न भारतको अल अबाउट इनोभेसन नामक संस्थाले हावामा रहेका सबै प्रकारका भाइरसलाई तीव्र गतिले निसंक्रमण गरिदिने उल्फ एयर मास्क नामक उपकरण डिजाइन तथा उत्पादन गरिदिएको छ । नेपालमा प्लानेट हेल्थ केयरले उपलब्ध गराएको यस उल्फ एयर मास्क उपकरणको प्रयोगले हावालाई ९९ प्रतिशत शुद्ध बनाई निसंक्रमण गराउने कम्पनीले दाबी गरेको छ ।

उल्फ एयर मास्क मिनी तथा एयर मास्क वानले ५०० र १००० वर्ग फुट स्थानलाई निसंक्रमण गरिदिने दुई मोडलमा उपलब्ध गराइएको छ । सिनेमा हल, पार्टी प्यालेस, अस्पताल, सरकारी अफिस, बैंक लगायतका उच्च संख्यामा मानिस भेला हुने स्थानमा यो उपकरण प्रयोग गरी सो स्थानको हावालाई भाइरस रहित, स्वच्छ राख्न सहयोगी हुने बताइएको छ । कोरोना संक्रमण बिच उत्पादनमा आएको उल्फ एयर मास्कले गुणस्तरमा भारत लगायतका विश्वका कैयन राष्ट्रबाट पुरस्कृत भैसकेको उत्पादक कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया