शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

काठमाण्डौंको वाणिज्यलाई सहजीकरण गरिने उद्धेशय सहित दुई सय २० रोपनी क्षेत्रफलमा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाह वाणिज्य क्षेत्रमा सरकारी स्वागत योग्य कदम भएपनि त्यस संरचनाबाट नागरिकले प्रतिफल पाउन भौतिक पूर्वाधार तथा यातायात र वाणिज्य मन्त्रालयबाट दूरगामी योजना अन्तर्गत चोभार सुख्खा बन्दरगाहलाई काठमाडौँ–हेटौँडा सुरुङ मार्ग फास्ट ट्रयाकसंग जोडिए मात्र उच्च प्रतिफल पाइने नेपाल फ्रेट फरवार्डस एसोसिएसनका द्धितिय उपाध्यक्ष, नरेश कुमार अग्रवालले बताएका छन् । चोभार सुख्खा बन्दरगाह सहजै प्रयोगमा नआउनुमा मुख्य कारण कनेक्टिभिटी रहेको उनले आफ्नो धारण व्यक्त गरेका छन् ।

बन्दरगाहमा ३ ठुला गोदाम सहित ३ वटा स्टफिङ–डिस्टफिङ जस्ता संरचना बनाइएको छ । तर बन्दरगाहसम्म पुग्न काठमाण्डौंको ट्राफिक अत्यधिक भएकोले हेटौँडा सुरुङ मार्ग फास्ट ट्रयाकसंग जोडिन अत्यावश्यक रहेको छ । यसबाट सवारी साधनले ल्याउने सामानहरू छिटो जांचपास भई आयात–निर्यातकर्ताहरू विलम्ब शुल्कबाट जोगिन सक्दछन् । अर्कोतर्फ सरकारले व्यवस्थित गोदाम निर्माण गरी भाडामा लगाए निजी क्षेत्रका फ्रेट कम्पनीलाई समेत लाभदायक हुन्छ । तर अफसोस हालसम्म काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण सम्पन्न हुन सकेको छैन ।

चोभार सुख्खा बन्दरगाह हेटौँडा सुरुङ मार्ग फास्ट ट्रयाकसंग नजोडिएसम्म वाणिज्यमा पारवहन लागत घट्दैन । उक्त चोभार सुख्खा बन्दरगाह भन्सार बिन्दुमा पारवहनलाई आवश्यक सवारी साधनले ल्याउने सामानहरूलाई भन्सार प्रयोजनका लागि चेकजाँच गर्ने तथा लोड–अनलोड गर्ने सुविधा छ । त्यस्तै पांचसय ट्रक पार्किङको व्यवस्था रहेपनि सो भन्सार बिन्दुबाट सामान जाँच–पासमा विभिन्न नाकाबाट स्थलमार्ग भई चोभार सम्मको ट्रक भाडा जोडी भन्सार लगाउने सरकारी भन्सार नियमले पारवहन लागतमा थप वृद्धि हुने भएकोले, यसतर्फ विशेष भन्सार नियम आवश्यक रहेको उनले बताए । हाल आयात–निर्यातमा भारतीय विभिन्न पोर्टबाट वीरगन्ज लगायतका नाकामा आइपुगेका गाडी भाडा जोडी भन्सार जाँच–पास गरिने भन्सार नियम चोभार सुख्खा बन्दरगाहमा लागुभए मात्र त्यस संरचनाबाट प्रतिफल पाउन सकिने बताइएको छ ।

नेपाल विश्व व्यापार संगढनको सदस्य राष्ट्र भएकोले, संगढन नियम अनुसार अन्तर्राष्ट्रिय वाणिज्यमा समेत राज्यको नाकासम्म आइपुगेको गाडी भाडामा कष्ट, इन्स्योरेन्स र फ्रेट (CIF)   जोडी भन्सार जाँच–पासमा मुल्याङकन गरिने नियम उल्लेख गरिएको छ । हाल उद्योगहरूका कच्चा पदार्थ तथा बजारमा आवश्यक तयारी वस्तु बोकी मासिक ६–७ हजार ट्रक नेपाल भित्रिने गरेकोमा काठमाण्डौंलाई आवश्यक सामग्री चोभार सुख्खा बन्दरगाह प्रयोगमा आउन सक्छ किनकि नेपालमा आयात हुने ६० प्रतिशत तयारी वस्तुको बजार समेत काठमाण्डौं बनेको छ ।

नेपालको वाणिज्यमा लजेष्टिक मूल्य घटाउन चोभार सुख्खा बन्दरगाहको उच्च प्रयोग हुनुपर्दछ तर हालसम्म त्यसतर्फको प्रस्ट भन्सार नियम नहुँदा राज्यले १ अर्ब ६० करोड लगानी गरी निर्माण गरेको सुख्खा बन्दरगाहको प्रयोग लयमा आउन नसकेको, उपाध्यक्ष अग्रवालले बताए । वाणिज्यमा लागत घटाउन चोभारसम्म आइपुग्ने दुरी वा ट्रान्जिट समय घटाउने त्यस्तै टर्मिनलका शुल्कमा सस्तो दर लगायतका उपाय रहेपनि त्यसतर्फ नेपाल इन्टरमोडल यातायात विकास समिति ध्यानाकर्षण नभइदिँदा चोभार सुख्खा बन्दरगाहको प्रयोग अत्यन्त न्यून रहेको छ ।

 

तपाईको प्रतिक्रिया