शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

बिन्दबासिनी लजेष्टीकले विगत २ दशक देखी पारवहनलाई सहजीकरण गर्दे चा.लु आर्थिक वर्षदेखि पाँच वर्षको लागि भैरहवा ड्राइपोर्ट व्यवस्थापनको छ । कम्पनीले नेपाल इन्टरमोडल यातायात विकास समितिले राखेका सर्त पालना गर्दे ६८ करोड ४० लाखमा उक्त ड्राइपोर्ट व्यवस्थापनको जिम्मा पाएको बिन्दबासिनी लजेष्टीकका कार्यकारी निर्देशक, माधव बरालले बताएका छन् । उक्त ड्राइपोर्टबाट समयनकुल चुस्त व्यवस्थापन सहित मालसामान जांजपास गरिने उनले बताए । बिन्दबासिनी लजेष्टीक समूहको स्वामित्वमा ड्राइपोर्ट व्यवस्थापनको जिम्मा पाएको यो पहिलो पटक हो । यसअघि भैरहवा ड्राइपोर्टको व्यवस्थापन ट्रान्स नेपालले गर्दे आएको थियो ।

भैरहवा ड्राइपोर्ट नाकाबाट मासिक तीन देखी चारसयको संख्यामा आयात–निर्यातका मालवाहक सवारीसाधन जांजपास हुने गर्दछ । त्यस नाकामा भौतिक पूर्वाधार स्तरीकरण तथा सुधारमा नेपाल इन्टरमोडल यातायात विकास समितिले आवश्यकता अनुसार गर्ने बताएको छ । बिन्दबासिनी लजेष्टीक र पोलट्री क्षेत्रका अग्रणी कम्पनी भ्याली फिड समूहको सहकार्यमा हाल वीरगन्जमा प्रिसटिना भ्याली ड्राइपोर्ट सञ्चालनमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया