शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

राष्ट्र बैकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजी लि (SCT) र मुक्तिनाथ विकास बैंक लि. बिच Smart QR मार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको स्मार्टच्वाइस टेक्नोलोजीले जनाएको छ । उक्त सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार राष्ट्र बैंक नीति र निर्देशनलाई अनुसरण गर्दे भुक्तानी प्रणालीमा नगदको प्रयोगलाई न्यून गर्दै विद्युतीय कारोबारलाई प्राथमिकता दिने प्रमुख उद्देश्यका साथ स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड र सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा पुर्‍याउँदै आएको मुलुकको अग्रणी मुक्तिनाथ विकास बैंक लि. को यस सहकार्यबाट मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीमा थप योगदान पुग्नेछ । यो सम्झौता पछि स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बिच विभिन्न प्रकारका भुक्तानीमा Smart QR प्रयोगमा सहकार्य हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया