शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपालको बैंकिङ्ग क्षेत्रमा पहिलो पटक प्रयोगमा आउन सफल पुमोरी बैंकिङ्ग सफ्टवेयर दक्षिणपूर्ण राष्ट्र म्यानमारको UAB बैकमा सन २०१३ देखि प्रयोगभई अन्तर्राष्ट्रिय जगतमा सफल हुँदै गएको पुमोरी बैंकिङ्ग सफ्टवेयरका निर्माता कम्पनी मर्कन्टाइल अफिस सिस्टम प्रा.लि ले जनाएको छ । त्यस्तै म्यानमारमा सञ्चालनमा रहेका अन्य बैंकहरुमा समेत पुमोरी प्रयोगमा यस वर्ष समझदारी हुने उच्च सम्भावना रहेको जनाइएको छ । योसँगै बङ्गलादेशको टेली बैंकिङ्गका लागि समेत पुमोरीको प्रयोगमा आएको थियो ।

 मर्कन्टाइल

राष्ट्रको बैंकिङ्ग क्षेत्रमा अग्रस्थान प्राप्त गर्न सफल नबील बैंकको स्थापनाकाल, करिब ३० वर्ष देखी लगातार पुमोरी सफ्टवेयर प्रयोगमा आएपनि वित्त बजारमा विदेशी कोर बैंकिङ्ग सफ्टवेयर राम्रो हुने हल्ला सहित बैंक मर्जरले समेत पुमोरीको सट्टा विदेशी बैंकिङ्ग सफ्टवेयरले स्थान पाउँदै गएको पुमोरी सफ्टवेयरका प्रमुख सुरेन्द्र सिद्धी बज्राचार्यले बिजनेस वल्ड डिजिटल पत्रिकालाई बताए ।

राष्ट्रबैंक निर्देशनलाई अनुसरण गर्दे पुमोरी सफ्टवेयरमा वित्तीय बजार व्यवसायको आवश्यकता अनुसार एबीबीएस बैंकिङ्ग, सीआइबी रिपोट, मोबाइल बैंकिङ्ग तथा एप ,इन्ट्रा बैंकिङ्ग, केवाइसी रिपोट संकलन ,आधार दर लगायत सबै प्रकारको सुविधा उपलब्ध गराइएको छ । पुमोरी सफ्टवेयरले नेपालको वित्तीय क्षेत्रलाई डिजिटल बैंकिङ्गमा रूपान्तरण हुन सधैँ प्रयासमा रहेको जनाइएको छ । यही कारणले विदेशी बैंकिङ्ग क्षेत्रले समेत पुमोरीलाई विश्वास गर्दे सो सफ्टवेयर प्रयोगमा आउन सफल भएको छ ।

सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकको ग्राहक सेवा सहजीकरणमा पुमोरी सफ्टवेयर हालसम्म प्रयोगमा आउन सफल भएको बताइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ग्राहक संख्या ५० लाखमा पुगेको छ भने, बैंकले नेपालभर रहेको २६३ शाखा तथा २०४ एटिएम मार्फत सेवा दिई रहेको छ । त्यस्तै नेपाल बैंक लि.ले ३२ लाख ग्राहकलाई २२५ शाखा र २४४ एटिएमबाट सेवा उपलब्ध गराउन सफल भएको छ ।

पुमोरी बैंकिङ्ग सफ्टवेयर मार्फत एटिएम ह्याक लगायतका दुर्घटना नहुनुमा खातावाला बाहेक अन्यले प्रविधि प्रयोगगरी पासवर्ड चोरी, बचत रकमको अनधिकृत ट्रान्सफर इत्यादिको प्रयासमा सफ्टवेयरमा ट्रिगरभइ ब्लक गरिदिन्छ । त्यसको सूचना बैकलाई तत्काल पूर्व जानकारी दिने भएकोले यसमा सुरक्षाको दृष्टिकोणबाट सबै प्रकारको सावधानी अपनाइएको, बज्राचार्यले दाबी गरेका छन् । त्यस्तै पुमोरीले अन्तर्राष्ट्रिय स्तरको “सिएमएम” गुणस्तर प्रमाणीकरण प्राप्त गरिसकेकोले हालसम्म पुमोरीमा ह्याक नभएको बताइएको छ । राष्ट्र बैक अन्तर्गत सञ्चालित सम्पूर्ण विकास बैंक तथा फाइनान्स कम्पनी लगायत माइक्रो फाइनान्स तथा सहकारी क्षेत्रमा समेत पुमोरी सफ्टवेयर प्रयोगले प्राथमिकता पाएको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया