शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपाली निर्यात योग्य वस्तु मध्ये हस्तकला अन्तर्गत चांदींका गरगहनाले अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान बनाउन सफल हुँदै गएको छ । नेपाली कला र संस्कृति झल्किने चाँदीका गरगहना उच्च मूल्यका सामानका उत्पादन तथा निर्यात क्षेत्रमा विगत तीन दशक देखी लागि परेका याक एन्ड यती इन्टरप्राइजेजका प्रमुख कार्यकारी निर्देशक, स्वयम्भू रत्न तुलाधरले निर्यात उद्योगमा उच्च संख्यामा जनशक्तिहरूलाई रोजगार दिई ती व्यक्तिहरू स्वरोजगार हुन सकेकोमा उनी अत्यन्त खुसी छन् । सरकारले निर्यात वाणिज्य सहजीकरण गरिदिए स्वरोजगार अभियान सहजै सफल हुने, उनले बताएका छन् ।

निर्यात व्यवसायी महासंघ, नेपालका केन्द्रीय सदस्य समेत रहेका तुलाधरले निर्यात उद्योग विकास सरकारी प्राथमिकतामा पर्नसके रोजगारका लागि स्वदेशमा प्रशस्त सम्भावनाहरू रहेकोले नेपालीहरू विदेश धाउनु नर्पेने बताएका छन् । सरकारले वैदेशिक रोजगारमा युवा जनशक्तिलाई विदेश पलायन गराउनु सट्टा वस्तु निर्यातलाई प्राथमिकता दिए निर्यात वाणिज्य वैदेशिक मुद्रा आम्दानीको मुख्य स्रोत बन्न सक्छ । यसबाट अर्थतन्त्रमा १५ वर्ष अघि उद्योग क्षेत्रले ओगटदै आएको ६ प्रतिशत हिस्सामा थप वृद्धि गर्न सकिन्छ ।

उनी सन १९७९ ताका निर्यात पेसामा आकर्षित हुँदा, अत्यन्त न्यून व्यवसायी तथा श्रमिक थिए । त्यसताका निर्यात व्यवसायको सम्भावना र विकासमा उनले पहिलो पटक खोज तथा अनुसन्धान समेत गरेका थिए । बितेका तीन दशकमा उनकै कम्पनीमा प्रशिक्षित दर्जनौँ व्यक्ति निर्यात व्यवसायी बनेको विगत सम्झदै बताए ।

हातले बुट्टा भरिएको पश्मीना

चाँदीका गरगहना तथा नेपाली पशमीनाको आन्तरिक बजार विकासमा काठमाण्डौको होटेल र्‍याडीसनसंगै रहेको याक एन्ड यतीको शोरुम हातामा करोना महामारी अघि प्रत्येक सप्ताहको शनिवार र आइतबार विशेष प्रदर्शनीको आयोजना हुँदै आएको थियो । चाँदीबाट उत्पादन हुने गरगहना निर्यात हिजो पाँच–दश प्रकारमा सीमित थियो । तर निर्यात व्यवसायमा नयाँ डिजाइनको उच्च माग उच्च हुने भएकोले हाल, उनको नेतृत्वमा डिजाइनमा विविधीकरण भई त्यो संख्या ५० सम्म पुर्‍याउन उनी सफल भएका छन् ।

याक एन्ड यतीले युरोप,अमेरिका लगायतका बजारमा गुणस्तर तथा मूल्यमा उच्च प्रतीस्पर्था गर्दे निर्यातलाई तीव्र बनाउँदै लगेको छ । ती बजारमा छिमेकी राष्ट्र चीन तथा भारतबाट समेत निर्यात हुने गर्दछ । नेपाली निर्यात वस्तु उत्पादनमा आवश्यक कच्चा पदार्थ आयातमा निर्भर भएकोले लागत उच्च छ । यसकारण अन्य एसियाली राष्ट्रको दाँजोमा नेपाली वस्तु मूल्यमा प्प्रतिस्पर्धा हुन कठिन हुँदै गएको आफ्नो अनुभव बताएका छन् । भारतको दाँजोमा समेत नेपाली निर्यात वस्तुको लागत मूल्य २०–३० उच्च हुने गर्दछ । चाँदीका गरगहनालाई आवश्यक चाँदी पहिले ३५ प्रतिशत भ्यालु एडीसनको आधारमा, राष्ट्रबैंकको प्रतितोलामा २–३ रुपैयाँ बजार मूल्यको दाँजोमा सस्तो हुने गर्दथ्यो । हाल त्यो मूल्य बजार भन्दा थप महँगो पर्दे गएको छ । त्यस्तै आबद्ध जनशक्तिका तलब सुविधामा अत्यधिक वृद्धिले समेत यसतर्फका उद्योगको लागत मूल्यमा ह्वात्तै वृद्धि भएको छ ।


निर्यात वस्तु उत्पादनकर्तालाई सरकारी नीतिगत सहयोग अन्तर्गत निर्यात मार्फत नेपाल ल्याएको वैदेशिक  मुद्रा  बापत, प्रति डलरमा २ प्रतिशत नगद अनुदान पाउन अत्यन्त झनझटिलो प्रक्रियाले यसतर्फका उद्योगीले थप हैरानी खेप्नु परेकोछ । त्यही नगद अनुदानको दायरामा निर्यात वस्तुका ट्रेडिङ कम्पनीहरूलाई समेटिनुपर्ने उनले जोडदार माग गरेका छन् । निर्यातका वस्तु उत्पादन पछि ट्रेडिङ कम्पनीहरू सोही वस्तुहरूलाई भ्यालु एड गरी निर्यातमा सहयोगी भई अन्तर्राष्ट्रिय बजारमा लैजाने यर्थाथलाई सरकारले बुझ्न जरुरी छ ।


त्यस्तै चाँदीका गरगहना २५ वा ३० ग्रामको तौल भएपनि उच्च भ्यालु एडीसन हुने गर्दछ । उत्पादनमा कम समयको लागतमा विदेशी बजारमा आकर्षक मूल्य पाइने यस प्रकारका गरगहना निर्यात तथा वैदेशिक मुद्रा सहजै नेपाल ल्याउन सकिने अनलाइन व्यवसायको सरकारले ढोका खोलिनुपर्ने उनको दाबी छ । अनलाइन मार्फत वैदेशिक मुद्रा आउने पेमेन्ट गेट–वे को व्यवस्थाका विषयमा सरकारी निकायसँग दर्जनौँ पटक अन्तरक्रिया गरिएपनि वाणिज्य मन्त्रालय, राष्ट्र बैंक लगायतका निकायले बेवास्ता गर्दे आएको उनको गुनासो छ । सरकारले पेमेन्ट गेट–वे मार्फत विदेशी मुद्रा आउने सेवा शुल्कमा प्रत्येक कारोबारमा २०–२५ सेन्ट शुल्क निर्धारण गरिदिए निर्यातका ट्रेडिङ कम्पनीहरूलाई सहयोग हुने उनले बताए ।

चाँदीका गरगहनाको उत्पादन लागत घटाउने सहित निर्यातको अनलाइन व्यवसायमा पेमेन्ट गेट–वेको व्यवस्थापनले राज्यले खेप्दै आएको ४० प्रतिशत भन्दा उच्च व्यापार घाटा व्यवस्थापनमा सहयोगी हुन्छ । किनकि रमेटेन्सबाट भित्रिएको विदेशी मुद्राको करिब ६० प्रतिशत आयात हुने वस्तुको भुक्तानीमा फेरी विदेश फर्किन्छ, बाँकी ४० प्रतिशत नागरिकको जीवनयापनमा खर्च हुने भएकोले वैदेशिक मुद«ा आम्दानीको प्रमुख स्रोत भई प्रगतिशील अर्थतन्त्र निर्माणमा निर्यात सहजीकरण एक मात्र उपकरण रहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया