शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नागरिक जीवन सुरक्षामा स्वास्थ्य उपकरण अत्यावश्यक सामाग्री अन्तर्गत पर्दे आएपनि सरकारी भन्सार असुली लक्ष्य भेटाउन यसतर्फ लगाइएको भ्याट तत्काल हटाइनुपर्ने केमसनको मागलाई हालसम्मको सरकारले सम्बोधन गरिएको छैन । राज्यले तोकेको दरबन्दी अनुसारको स्वास्थ्य उपकरण आयातमा भन्सार लगाउनु पर्ने थियो । तर कर्मचारीबाट भन्सार असुलीले लक्ष्य पाउनेको नाममा जथाभाबी कर असुल्दै शारीरिक अपागता भएका व्यक्तिहरूले प्रयोग गर्ने बैसाखीमा समेत कर लगाइने जस्तो सरकारी गैर जिम्मेवारी क्रियाकलाप रोकिनु पर्ने रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल (केमसन) का अध्यक्ष, सुरेश घिमिरेले जोडदार माग गरेका छन् ।

राज्यले कोरोना महामारीका बिच स्वास्थ्य सामाग्रीका केही वस्तु आयातमा भ्याट तथा कर छुट दिए पनि सरकार बाटै भ्याट असुल्ने गरेको पाइएको छ । आ.व २०७९ को तेस्रो चौमासिकसम्म स्वास्थ्य उपकरणको औपचारिक वार्षिक कारोबार आकार करिब ४४ अर्ब पुगिसकेको छ ।

त्यस्तै भन्सार विभागले वैशाख महिनामा आएको स्वास्थ्य सामाग्री समयमा जाँच–पास नगरी बदनियत पूर्ण तरीकाले आर्थिक वर्षको अनत्यमा सोही सामानको भन्सार नतिरिएको जानकारी गराउँदै बेरुजु विवरण पठाई यसतर्फका व्यवसायीहरूबाट उच्च मूल्यमा बक्यौता असुल्ने गरिएकोमा उनले आक्रोश पोखेका छन् । अस्थिर राजनीतिका कारण पाँच वर्षमा फटाफट ६ स्वास्थ्य मन्त्री फेरिए पछि रसायन तथा मेडिकल आपूर्ति व्यवसायीका समस्या सुल्झीएन् ।

चिकित्सकले बिरामीलाई लागेको रागको अनुसन्धानमा रसायन तथा मेडिकल सामाग्री प्रयोग पश्चात् उपचार सुरु गरिने हुनाले नागरिकको ज्यान बचाउन मेडिकल उपकरण, औषधि जस्तै अत्यावश्यक सामाग्री भएपनि स्वास्थ्य उपकरण तथा सामाग्रीमा आयात गर्ने कम्पनी र ब्रान्डको सूचीकरण सहित गुणस्तर अनुगमन हुनुपर्ने केमसनको मागलाई सरकारले बेवास्ता गर्दे आएको अध्यक्ष घिमिरेले बताएका छन् । स्वास्थ्य सामाग्री आयातमा जुनसुकै समूहका नयाँ व्यवसायी भ्याटमा दर्ता भई आयात गर्न पाइने हुनाले गुणस्तर तथा मूल्यमा नियणत्रणमा असहज परिस्थिति आएको उनले खुलासा गरेका छन् ।

स्वास्थ्य मन्त्रालय मार्फत उपकरण उत्पादकबाट विश्व स्तरीय गुणस्तर प्रमाणीकरणका ISO तथा CE लगायतका प्रमाणीकरणलाई अनिवार्य गरी सोही स्तरको आधारमा मात्र आयात अनुमति दिए स्तरीय स्वास्थ्य सामाग्री बजारमा उपलब्ध हुन सहज हुने थियो । सरकारी अस्पतालका टेन्डरमा हुने सेटिङको समेत उनले जोडदार विरोध गर्दे स्वास्थ्य उपकरणको मूल्य र गुणस्तरमा खुल्ला प्रतिस्पर्धामा उनले जोड दिएका छन् ।

कोरोना महामारीका बिच चीनबाट आयात गरिएका हयान्ड स्यानिटाइजर , बिरामीको अक्सिजन लेभल जाँच्ने पल्स अक्सिमिटर त्यस्तै अक्सिजन कनसनट्रेटर लगायतका सामाग्री बजारमा निम्न गुणस्तरको भेटिनु सरकारी निकायबाट यस क्षेत्रलाई बेवास्ता गरिए पछिको परिणाम भएको उनको दाबी छ । । त्यस्तै केमसन छाता संगढनमा समेटिएका स्वास्थ्य उपकरण व्यवसायीहरूले सामाजिक उत्तर दायित्व वहन गर्दे गुणस्तरीय सामाग्री आयातलाई प्राथमिकता दिइनु पर्ने उनले बताए ।

केमसन संगढनले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो चरणको कोरोना महामारीको बेला १७ लाख बराबरका स्वास्थ्य सामाग्री, मन्त्रालयमा हस्तान्तरण गरी वितरण गरिएको थियो । त्यस्तै संघले दोस्रो चरणको महामारी बिच ६० लाख बराबरको स्वास्थ्य सामाग्री र स्थानीय का.म.पा वार्ड न.३० को संयुक्त रूपमा सहभागी भई रातोपुलमा वेयलकेयर हस्पिटलमा २५ बेड क्षमताको एचडीयू तथा अक्सिजन सहितको निःशुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको थियो । वार्षिक रूपमा केमसनबाट आनन्द भवन ल्याप्रोसकोपी अस्पताललाई विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराइएको उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया