शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

आर्थिक वर्ष २०७९÷८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिए पछि निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द हुन पुगेको छ । बजेट कार्यक्रम अनुसार नै सरकार अगाडि बढ्ने निश्चित भएपछि निजी मेडिकल कलेज र अस्पतालहरूले सूचना जारी गर्दै बिमा कार्यक्रम बन्द भएको जानकारी गराइसकेका छन् । त्यस्तै केही निजी अस्पतालहरूले विज्ञप्ति सार्वजनिक गरेर अब बिमा कार्यक्रम अन्तर्गत सेवा नदिने जनाएका छन्।

स्वास्थ्य बिमा गरेका बिरामीको उपचारका क्रममा निजी अस्पतालले मनपरी शुल्क असुलेको भन्दै सरकारी र सामुदायिक अस्पतालले मात्र बिमा मार्फत सेवा दिने व्यवस्था गरिएको हो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला यसमा सरकारको निर्णय नै अन्तिम निर्णय भएको बताउँछन् । यसमा बोर्डले केही गर्न नसक्ने, उनले बताए । सरकारले निर्णय अन्तिम निर्णय भएको बताइएको छ ।

हालसम्म निजी, सामुदायिक र सरकारी गरी ४४१ स्वास्थ्य संस्था सरकारी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध थिए । जसमध्ये ५२ स्वास्थ्य संस्था, निजी अस्पतालका छन् । स्वास्थ्य बिमा कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया