शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

उवासंघ अन्तर्गत कृषि उद्यम केन्द्र तथा ग्लोबल मल्टी केयर कोरिया बिच कृषि प्रविधि तथा क्षमता बिस्तार आदान प्रदानमा हालै सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा उवासंघ, कृषि उद्यम  केन्द्र (AEC) का सभापति अरुणराज सुमार्गी र ग्लोबल मल्टी केयर कल्चर केन्द्र (GMC) कोरियाका मुन बिच कृषि क्षेत्रको प्रविधि तथा क्षमता बिस्तारका लागि  उवासंघ भवनमा हस्ताक्षर भएको जनाइएको छ ।

यस सम्झौता पछि ग्लोबल मल्टी केयरबाट नेपाली कृषकहरूलाई कोरियन कृषि प्रविधिका विषयमा ५ महिने व्यवसायीक तालिम दिन कोरिया लगिने छ । कोरियाली कृषि केन्द्र कीम्जी तथा मुगान नामक क्षेत्रमा उक्त तालिम सञ्चालन गरिने छ । उवासंघ कृषि उद्यम केन्द्र मार्फत तालीममा जाने नेपाली कृषकहरूलाई कोरियाका विभिन्न नगरपालिकाहरुले सहयोग गर्ने उक्त सम्झौता उल्लेख गरिएको छ । उवासंघले स्थानीय निकायसँगको सहकार्यमा वास्तविक कृषक पहिचान गरी तालिममा पठाइने जनाइएको छ ।

तालीममा जाने कृषकहरूले विभिन्न सुविधा प्राप्त गर्नेछन् , तर कोरियाली कृषि केन्द्रमा दैनिक ८ घण्टा समय दिनुपर्ने उल्लेख गरिएको छ । कृषि उद्यम केन्द्रका सभापति, सुमार्गीका अनुसार कोरियाली समकक्षीबाट सहयोग प्राप्त नेपाली कृषकहरूका लागि व्यवसायीक कृषि तालिम कार्यक्रमबाट कृषकहरूले विशेष अवसर पाउने छन् । अर्कोतर्फ कोरियाली व्यवसायीक कृषि प्रविधि नेपाल भित्रिन सहयोगी भएको बताइएको छ ।

कोरियाली ग्लोबल मल्टी केयर  केन्द्रका संयोजक मुनले सो तालिम कार्यक्रममा कोरियन भाषा परीक्षा (EPS -topik) उत्तीर्ण गरेका नेपाली कृषकहरूलाई कोरियाली कृषि प्रविधि तालीममा सहभागी गराइने उनले जनाएका छन् । सम्झौता पत्र समारोहमा कृषि उद्यमी केन्द्रका प्रमुख दिनेश पराजुली तथा कोरियामा व्यवसाय सञ्चालन गरी ग्लोबल मल्टी केयरका समेत सदस्य, गम्भीर श्रेष्ठ लगायतका व्यक्तिहरूले उपस्थिति जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया