शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल (केमसन) को १६ औँ वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष भक्त हमाल सर्वसम्मत सहित अध्यक्ष पदमा पुन:आगमन भएको केमसनले जनाएको छ । केमसनका सम्पूर्ण १३ सदस्य समिति सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष भक्त हमालको नेतृत्वमा गठन गरिएको कार्यसमितिमा , निवर्तमान अध्यक्ष – सुरेश घिमिरे, प्रथम उपाध्यक्ष– उमेश प्रसाद लामिछाने, महासचिव – विनोद कुमार मानन्धर , सचिव– समीर मरहट्ठा , कोषाध्यक्ष –गणेश प्रसाद सापकोटा त्यस्तै केन्द्रीय सदस्यमा खडान्नद पाण्डे, विजय खनाल , अर्जुन रानाभाट र रेमन्त भट्ट रहेका छन् , बाकीं १ उपाध्यक्ष र २ सदस्यहरूको मनोनीत पछि कार्यसमितिले पूर्णता पाउने जनाइएको छ ।

चन्द्र प्रसाद ढकाल

उक्त वार्षिक साधारण सभाका प्रमुख अतिथि स्वास्थ्य तथा जनसख्ंया मन्त्री भवानी प्रसाद खापुङ अचानक बिरामी भएकोले उनको स्थानमा नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समारोहलाई सम्बोधन गरेका थिए । ढकालले मन्त्री खापुङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे केमसनको नयाँ नेतृत्वलाई कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उवासंघको सक्रिय सदस्य केमसनले कोभिड महामारीसंघ लड्न गरिएको सहकार्य उदाहरणीय रहेको बताए । कोभिड संक्रमित बिरामीका उपचारमा केमसनले आइसोलेसन केन्द्र तथा लाखौकां स्वास्थ्य सामाग्री उपलब्ध गराइएको विषयमा उनले चर्चा गरेका थिए ।

केमसनमा सर्वसम्मत निर्वाचित भएका भक्त हमालले, उनको अध्यक्षता २०१५–२०१७ पछि अध्यक्षको जिम्मेवारी पाएका सुरेश घिमिरेले बितेको पाँच वर्षमा केमसनको साख विस्तारमा पूर्ण सफल भएको बताएका छन् । स्वास्थ्य क्षेत्रमा औषधि जस्तै रसायन तथा मेडिकल आपूर्तिकर्ताहरूले विशेष स्थान प्राप्त गरेका छन् । हस्पिटलमा आवश्यक रसायन तथा मेडिकल सामाग्री आपूर्तिमा यस तर्फका व्यवसायीहरूले २४ सै घण्टा सेवा दिनुपर्ने हुनाले मोबाइल अफ नगरी सेवा उपलब्ध गराइएको बताएका छन् ।

कोभिड महामारीको समयमा यसतर्फका व्यवसायीहरूले ज्यानको बाजी लगाई हस्पिटलहरूमा मेडिकल सामाग्री तथा उपकरण आपूर्तिमा कमी आउन नदिएको उनले जानकारी गराए । केमसन व्यवसायीहरूले सामाजिक उत्तरदायित्व वहन गर्दे सरकारी लकडाउनको बेलामा नागरिक जीवन सुरक्षामा सर्मपीत भएकोले सरकारबाट यस क्षेत्रको संरक्षण तथा स्वास्थ्य सामाग्री तथा उपकरणको गुणस्तर र मूल्यमा एकरूपता हुन अनुगमन गरिनुपर्ने उनले जोडदार माग गरेका छन् । बिरामीका उपचार सहज बनाउन स्वास्थ्य क्षेत्रका व्यवसायीहरूबाट जोखिम मोलेर नयांं उपकरण र प्रविधि आयात गरिएको छ । तर सरकारबाट यसतर्फका व्यवसायीहरूका मागलाई बेवास्ता गरिएकोले उनले दुःख व्यक्त गरेका थिए ।

समारोहमा स्वास्थ्य मन्त्रीका विशेष सल्लाहकार रमेश ढकाल , उवासघंका स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकाल , उवासघंका वस्तुगत तर्फका पूर्व केन्द्रीय समिति सदस्य उमेश लाल श्रेष्ठ, चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की लगायतकाले नेपालको स्वास्थ्य क्षेत्र तथा मेडिकल उपकरण र सामाग्री आपूर्तिका व्यवसायका समस्याका बारेमा जानकारी दिएका थिए ।

केमसनको १६ औँ वार्षिक साधारण सभाका प्रायोजकमा क्वेस्ट फर्मास्युटिकलस, मा अन्नपूर्ण ट्रान्सपोर्ट, एस पावर, रायमाझी ट्रेड कन्सन , ब्राइट सहकारी,मास कार्गो, त्रिवेणी समूहलगायतका कम्पनी रहेका थिए ।

 

तपाईको प्रतिक्रिया