शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

अटो व्यवसायीहरूको आकर्षकको केन्द्र बिन्दु बनेको नाडा अटो शोका १५औँ संस्करण तीन वर्षको प्रतीक्षा पछि फेरी स्थगित भएको अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ । आइतबार बसेको नाडा कार्यसमितिको बैठकले गाडी आयात सुनिश्चित नभएसम्म नाडा अटो शो स्थगित गर्ने निर्णय गरेको थियो । नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले भदौमा गर्ने भनिएको अटो शो स्थगित भएको जानकारी दिए ।

अटो शो स्थगित हुनुको प्रमुख कारणमा सरकारले गाडी आयातमा प्रतिबन्ध लम्ब्याएकोले यस वर्ष भदौमा आयोजना गरिने प्रस्ताव गरिएको नाडा अटो शो फेरि स्थगित भएको जनाइएको छ । कोभिड महामारीका कारण अटो शो तीन वर्षदेखि अड्किँदै आएको हो । सरकारले चा. लु. आव को तेस्रो चौमासिकमा वैशाख देखी पूर्ण बन्देज लगाएका १० वस्तु आयातमा गाडी तथा मोटरसाइकलको प्रतिबन्ध हालसम्म हटाइएको छैन छ । सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएकाले नाडा अटो शो गर्न सकिने अवस्था रहको अध्यक्ष थापाले बताए । परिस्थिति हेरेर मात्रै अटो शो गर्ने निर्णय भए पनि मिति भने नतोकिएको उनले बताए ।

असार मसान्तसम्म गाडी आयात प्रतिबन्ध रहेकाले भदौमा नाडा अटो शो गर्ने निर्णय गरिएको , थापाले बताए । तर सरकारले भदौ १४ सम्म लगेपछि अटो शो स्थगित गर्नुपर्ने अवस्था आएको हो । नाडा कार्यसमिति बैठकले अटो शो गर्नको लागि स्टल बुकिङ तथा बाँडफाँट गरिसकेको छ । सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरुसंग सहकार्य हुँदै थियो । विगतका संस्करणहरू भन्दा फरक यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पांग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको नाडाले जनाएको छ ।

नाडाका अनुसार काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो आयोजना गर्ने तयारी गरेको थियो । त्यसका लागि यही जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन गरी स्टल निर्धारण समेत गरिएको थियो । असार २ गते गरिएको गोलाप्रथा अन्तर्गत सबै कम्पनीहरूको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लोबल एक्स्पोजिसनका प्रतिनिधि, नाडा कार्यसमिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरूको उपस्थितिमा सहभागी कम्पनीहरूलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको नाडाले जनाएको छ।

नाडाले अघिल्लो वर्ष पनि रजिस्ट्रेसनपछि नाडा अटो शो स्थगित भएको थियो। नाडा अटो शो २०२० र २०२१ कोभिड महामारीको कारण स्थगित भएको थियो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौँको भृकुटीमण्डपमा २०२१ फागुन ९ देखि १४ गतेसम्म नाडा अटो शो गर्ने गरी मंसिरमा रजिस्ट्रेसन गराएको थियो । यसपटकको नाडा अटो शो २०२२ मा विद्युतीय दुईपांग्रे, चारपांग्रे सवारीसाधनसँगै नयाँ सवारी साधन ल्याउने तयारी गरेका थिए ।

 

तपाईको प्रतिक्रिया