शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनमा आएको स्मार्ट च्वाइस टेक्नोलोजी एससीटीले जनाएको छ । पे–पेन प्राइभेट लिमिटेड (मोरू) र एससीटी बिच हालै मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्युआर’ सेवा सुरूका लागि सम्झौता गरिएको जनाइएको छ । यस सम्झौता पछि मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजार भन्दा बढी मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यस्तै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्युआर’ प्रयोग गरी भुक्तानी गरेमा १५% वा रु.३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै भविष्यमा स्मार्ट क्युआर भुक्तानीमा मोरू प्रयोगकर्ताले थप आकर्षक अफरहरू प्राप्त गर्न स्मार्ट क्युआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजी र मोरू एपले संयुक्त रूपमा जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया