शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

आइए मई समूहले सञ्चालन गरेको आइए मई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्धन गरिएको “आइए मई पे” ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि फेरी क्यासब्याक अफर ल्याएको जनाएको छ । आइए मई पे एप प्रयोग गरी पहिलो पटक हवाई टिकट खरिद अथवा प्रयोगकर्ता ग्राहकहरूले सर्वाधिक क्यास ब्याक अफरमा रु.२०० बोनस पाइने कम्पनी स्रोतले जानकारी दिएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइए मई डिजिटल सोलुसन लि.द्वारा प्रवर्द्धित आइए मई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । “आइए मई पे”आइए मई समूह डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्कृष्ट उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइए मई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी भएको छ ।

तपाईको प्रतिक्रिया