शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

थोक औषधि व्यवसायीहरूको साझा सङ्गठन नेपाल औषधि थोक व्यवसायी संघको आज राजधानीमा सम्पन्न वृहत् सरोकारवालाहरूको व्यवसायीक भेलाले मुलुकको संघीय संरचना अनुरूप सङ्गठनलाई पूर्णता दिँदै विगत लामो समय देखि थोक औषधिको कारोवारमा सक्रिय, व्यवसायी शम्भु महर्जनको अध्यक्षतामा १३ सदस्यीय बागमती प्रादेशिक समिति गठन गरेको छ । नवगठित बागमती प्रदेश समितिको उपाध्यक्ष– विमल प्रसाद ढकाल, महासचिव– कुमारजी पाण्डे सचिव – राजेन्द्र अर्याल तथा कोषाध्यक्षमा – विनय नकर्मी रहका छन् भने कार्यसमिति सदस्यहरूमा क्रमशः दिपक आचार्य ,बुद्ध भण्डारी,राजीव थापा,लगायतका सदस्यहरू रहेको, संघका केन्द्रीय महासचिव गणेश नेपालले जानकारी गराएका छन् ।

त्यस्तै केन्द्रीय महासचिव गणेश नेपालका अनुसार आज बागमती प्रदेश समितिको गठन सँगै देशका ७ वटै प्रदेशमा संस्थाको प्रादेशिक संरचना क्रियाशील भएको छ । आज बागमती प्रदेश सभाको गठन सँगै संस्थाले हिजोका दिनको दांंजोमा थप सशक्त रूपमा समपूर्ण थोक औषधि व्यवसायीको सामूहिक आवाजलाई तीव्र बनाउँदै लगिने बताइएको छ ।

काठमाण्डौंमा सम्पन्न भेलामा केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले संस्थाको विधान अनुरूप मुलुकको ७ वटै प्रदेशमा संस्थाको प्रादेशिक संरचनाले पूर्णता पाएको छ । यससँगै विभिन्न जिल्लाकार्य समिति समेत गठन गरिँदै औषधिका थोक व्यवसायीहरूको समग्र समस्या समाधान अन्तर्गत व्यावसायिक सुरक्षालाई प्राथमिकता दिइएको अध्यक्ष बास्कोटाले प्रस्ट पारेका छन् । संस्थाले व्यवसायीक हितलाई ध्यानमा राखी कार्यसम्पादन गरेकोले आज संस्थागत संरचनामा व्यवसायीक आकर्षण उच्च हुँदै गएको छ । महासचिव नेपालका अनुसार, औषधि थोक व्यवसायीहरूको माग अन्सार बागमती प्रदेश समिति गठन गरिएकाले समितिलाई विधानको मर्म अनुरूप व्यवसायीको हकाधिकारका लागि क्रियाशील हुन निर्देशन दिइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया