शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले प्रत्येक वर्षको जुलाई २९ मा कार्गो दिवसको अवसरमा नेपालमा प्रत्यक्ष उडान गर्ने अनलाइन तथा हवाई कार्गो सेवा मात्र उपलब्ध गराउने अफ लाइन वायुसेवा कम्पनीलाई पुरस्कृत गर्दे आएको छ । यस पटकको २८ औ कार्गो दिवसमा सन २०२१ मा सबै भन्दा उच्च कार्गो उडान गर्ने ३ अनलाइन वायुसेवा मध्ये क्रमशः पहिलो कतार एयरलाइन्स, दोस्रो हिमालय एयरलाइन्स तथा तेस्रो स्थानमा नेपाल वायु सेवा निगम रहेको नेफाले जनाएको छ । कतारले सन २०२१ मा ३९०० टन निर्यात कार्गो उडाउन सफल भएको थियो । त्यस्तै अफ लाइनतर्फ ओमान एअर कार्गो वायुसेवाले यो सम्मान हात पार्न सफल भएका थिए । उक्त २८ औ कार्गो दिवसका प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष मनोज अधिकारीले वाणिज्य र पारवहन क्षेत्रका सम्पूर्ण निकाय एउटै थलोमा भेला भई विगत २८ वर्ष देखी जुलाई २९ का दिन कार्गो दिवस मनाउँदै आएको बताए ।

मन्त्री दिलेन्द्र प्रसाद बडू दीप प्रज्वलन गर्दे

उनले अन्तर्राष्ट्रिय वाणिज्य सहजीकरणमा नेफा सधैँ प्रतिबद्ध रहेको जनाउँदै कोभिड महामारीको समयमा समेत आपूर्ति व्यवस्थालाई नेफा सदस्यहरूबाट सहजीकरण गरिएको स्मरण गराएका थिए । आयात–निर्यात व्यापारलाई सहजीकरणमा नेफा प्रतिबद्ध रहेको जनाइएको छ । वाणिज्य सहजीकरणमा लजेष्टिक नीति तत्काल जारी गर्न माग गर्दे मल्टी मोडल ट्रान्सर्पोट नियमावली समाकुल संशोधन हुनुपर्ने तर्फ उनले माननीय मन्त्री बडूको ध्यानाकर्षण गराएका थिए । त्यस्तै कार्गोको तेस्रो पक्षीय बिमा (CARGO LEGAL LIABILITY INSURANCE) नीति लागू गर्नुपर्ने समेत उनले माग गरेका छन् । त्रि.बि विमानस्थल आयात–निर्यात सहजीकरणमा अत्याधुनिक सुविधायुक्त गोदाम तथा स्थलमार्ग भई हुने पारवहनमा र्सिसिया सूखा बन्दरगाहमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भौतिक पूर्वाधार बिस्तारले लजेष्टिक व्यवसायको लागत न्यून हुन सहयोगी हुन्छ ।

त्यस्तै आयात हुने सामानको कार्गो व्यवसायमा नेपाली फ्रेट व्यवसायीहरूलाई उच्च संख्यामा सहभागी गराउन बैंकबाट आयात प्रतीतपत्र जारी गर्दा सीआइएफ (CIF) को सट्टा एफ.ओ.बी (FOB) मा जारी हुन वाणिज्य मन्त्रालयबाट सहजीकरण गरिनुपर्दछ । अर्कोतर्फ विदेशी सिपिङ कम्पनीहरूको नेपालमा सेवा प्रवाहमा अनिवार्य विधिवतरुपमा कार्यालय स्थापना गरिनुपर्ने ऐनको आवश्यकता रहेको उनले बताए ।


तरलता अभावले अर्थतन्त्र तनाव ग्रस्त

अध्यक्ष शेखर गोल्छा

२८ औ कार्गो दिवसका अतिथि उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड महामारी पछि तरलता समस्याले अर्थतन्त्र अर्थतन्त्र तनाव ग्रस्त भई गम्भीर मोडमा पुगेपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । निजी क्षेत्रले यस प्रकारको गम्भीर प्रकृतिका समस्या हलसम्म सामना गरेको थिएन । बजारको तरलता अभावका कारण उत्पादन लागत उच्च हुंदैं आकासिएको बजार मूल्यका कारण माग कम हुनाले अर्थचक्र जाम हुने स्थिति पुगी यसको प्रत्यक्ष असर राज्यको भन्सार असुलीमा समेत पर्नेछ । त्यस्तै हालै सार्वजनिक गरिएको कसिलो मौद्रिक नीतिले समेत उद्योग–व्यवसायमा केही समयका लागि असहज परिस्थिति सृजना हुनेछ ।

विश्व बैंकले हालै प्रकाशित गरेको तथयाङ अनुसार बितेका ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या २३० प्रतिसतले वृद्धि भई चा.लु आ.वा मा नेपालको रेमिटेन्स आम्दानी ५ प्रतिसतले वृद्धि भई राज्यको शोधान्तर घाटा नियणत्रणमा आउने अध्यक्ष गोल्छाले बताए । त्यस्तै नेपालले प्रमुख रूपमा आयात गर्दे आएको पेट्रोलियम, फलाम लगाएका अन्तर्राष्ट्रिय मूल्य घटदो क्रममा रहेकोले व्यापार घाटा कम हुन सहयोग पुग्ने जनाएको छ ।


तपकृष्ण श्रेष्ठ

कतार एयरलाइन्सका प्रमुख कार्गो प्रबन्धक तपकृष्ण श्रेष्ठका अनुसार नेपालबाट विगत एक दशक देखि उच्च परिमाणको निर्यात कार्गो उडाउन सफल भई फ्रेट फरवार्डस व्यवसायीहरूको छाता संगढन (नेफा) ले प्रत्येक वर्ष जुलाई २९ का दिन मनाउँदै आएको कार्गो दिवसमा एअर कार्गो तर्फ प्रथम पुरस्कार हासिल गर्दे आएको छ । सन २०२१ मा कतारले ३९०० टन निर्यात कार्गो उडाउन सफल भएको उनले बताए । रुस–युक्रेन युद्धपछि पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिले हवाई पारवहनको लजेष्टिक मूल्यमा वृद्धि भएपनि कतार एयरलाइन्सको फ्रेट दरमा समयानकुल झिनो परिवर्तन गरिएको छ । उनका अनुसार त्रि.बि विमानस्थलमा आयात–निर्यात कार्गोको उचित व्यवस्थापन नहुँदा बर्षायामा पानीमा भिज्ने समस्या रहेकोले भौतिक पूर्वाधारमा स्तरोन्नति गरिनुपर्ने बताए ।

कतारले हाल 330 जेटलाइनर न्यारो बडी र ड्रिमलाइनर 787 मार्फत दैनिक तीन उडान गरिरहेकोमा अगस्ट २०२२ देखि उडान संख्या थप्दै दैनिक चार उडान सञ्चालन भई निर्यात कार्गो गन्तव्यमा पुग्न थप सहज हुने उनले बताए ।

तपाईको प्रतिक्रिया