शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

बालाजु प्रहरी वृत्तको नागरिक सेवा स्तरोन्नतिका लागि तारकेश्वर चेम्बरका महासचिव समाज सेवी तथा कुरियर व्यवसायी सरोज महर्जनले नेपालटारमा प्रहरी सहायता कक्ष उपहार दिएका छन् । बालाजु प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई हालै गृह मन्त्रालयले उपरीक्षकमा पदोन्त्ती गरेपछि उनको बिदाइ तथा सम्मान समारोह बिच प्रहरी सहायता कक्ष उपहार दिए बापद कुरियर व्यवसायी सरोज महर्जनलाई सम्मानित गरिएको थियो । हाल बालाजु वृत्तका कार्यवाहक नायब प्रहरी उपरीक्षकमा आशिष् अधिकारी नियुक्त भएको जानकारी गराइएको छ ।

सरोज महर्जन

भारत तथा युरोप क्षेत्रको वाणिज्यलाई लजेष्टिक सेवा दिँदै उनले कुरियर व्यवसायमा दुई दशक बिताइसकेको बताउँदै तारकेश्वर नगर क्षेत्रका व्यवसायीहरूको हकहितमा तारकेश्वर चेम्बरले प्राथमिकता दिँदै आएको व्यवसायी महर्जनले बताए । चेम्बरको सदस्य संख्या हाल ३५०० पुगी सरकारको कर दायरामा सबै व्यवसायीलाई समेट्दै लगिएको उनले बताए । नेपालटार क्षेत्रमा नागरिक सहायता लागि प्रत्यक्ष प्रहरी संलग्नतामा सहयोगी प्रहरी सहायता कक्ष उपहार दिइएको हो ।

कोरोना महामारीको समयमा राहत वितरण सहित त्यस क्षेत्रका गरिब जेहेन्दार बिद्ययार्थीको अध्ययनमा आर्थिक सहयोग लगायत असहाय तथा अपाङगता भएका बालबालिकाहरूको शिक्षातर्फ उनले सामाजिक दायित्व अन्तर्गत सहयोग पुर्याउंदै आएका छन् । तारकेश्वर समाज समूह लगायत अन्य ५ सामाजिक संस्थामा आबद्ध रही अनटाइम कुरियर सहित नौ व्यवसायीक कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताइएको छ ।

नेपाल सरकार व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान मार्फत त्यस क्षेत्रमा रोजगार सृजना तथा सिपमूलक तालिम सञ्चालनका लागि चा.लु आ.व को बजेट मार्फत ३० लाख बजेट व्यवस्थाका साथै नगर चेम्बर भवनका लागि जमिन उपलब्ध हुनु पर्ने जोडदार माग गरेका छन् ।

उपरीक्षक गौतम मिश्र

उक्त समारोहमा प्रहरी नायव उपरीक्षकबाट पदोन्नति भई प्रहरी उपरीक्षक भएका गौतम मिश्रले बालाजु क्षेत्र उनको प्रगतिका लागि कोषे ढुङ्गा साबित भएको बताउँदै यही वृत्तबाट प्रहरी निरीक्षक देखी उपरीक्षकसम्मको यात्रा पुरा भएको बताए । यस क्रममा सहयोग पुर्‍याउने समपूर्ण नागरिक समाज तथा स्थानीय संघ सस्ताहरूलाई उनले धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
गौतम मिश्र बालाजु वृत्तमा प्रहरी नायव उपरीक्षक पदमा २०७८–०८–०६ गते देखी ९ महिनासम्म साफतापूर्वक कार्यभार सम्हालेका थिए । उनको नौ महिनाको छोटो कार्यकालमा मानव अंग बेचबिखन , हत्या तथा चोरी लगायतका सैयौ घटनामा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया