आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

मोरङ्ग समाज काठमाण्डौले मोरङ्ग जिल्लाका विपन्न वर्गलाई सहयोग पुर्याउंदै प्रत्येक वर्ष आयोजना गर्दे आएको महिलाहरूको विशेष पर्व अन्तर्गतको हरितालिका–तीज कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष नरेन्द्र खतिवडाले जनाएका छन् । समाजले कोरोना महामारीका कारण विगत दुई वर्ष देखी यस प्रकारको सार्वजनिक भेलाको आयोजन गरेको थिएन । मोरङ्ग समाजको अध्यक्षता सम्हाले पछिको खतिवडा यस प्रकारको सार्वजनिक भेलामा पहिलो पटक सहभागी भएका हुन । काठमाडौँ आई बसोबास गर्दे आएका मोरङ्गका चेलीबेटीहरूलाई माइतीपक्षको जस्तै अनुभव दिलाउन यस प्रकारको तीज कार्यक्रम आयोजना गरिएको उनले बताए ।

अध्यक्ष, खतिवडाको पहलमा मोरङ्ग समाजको अक्षय कोष स्थापना गरिने पहल गरिएपछि सोही समूहमा अभियान चलाइएको छ । उक्त कोष स्थापना अभियानको पहिलो महिनामै बिसलाख रुपैंया जम्मा हुन आएको जनाइएको छ । उक्त रकम समाजको मुद्दती खाता जम्मा गरिनेछ । त्यस खाताको व्याज आम्दानीबाट समाजको सचिवालय स्थापित गरिने लगायतका शीर्षकमा खर्च गरिनेछ । उनले आफ्नो दुई वर्षे कार्यकाल अवधिमा कोषलाई वृहत् बनाउँदै मोरङ्ग समाजको स्थायी सचिवालयका लागि जग्गा खरिद तथा भवन निर्माण समेत गरिने योजना रहेको बताएका छन् । मोरङ्गका उद्योगी व्यवसायी तथा सदस्यहरू समाजको अक्षय कोषमा आर्थिक सहयोगमा सहभागी हुन स्वस्र्फुत रहेकोले सो कोषलाई १ करोडसम्म सहजै पुर्‍याउन सकिने बताइएको छ ।

मोरङ्गका उद्योगी तथा व्यवसायीहरूको जमातले त्यहाँका विपन्न समूहका समस्यामा सहकार्य तथा सदभाव तथा भाइचारा बढाउनका निम्ति यो समाज २३ वर्ष अघि गठन गरिएको बताइएको छ । सोही वर्ष देखि नै मोरङ्ग समाज काठमाण्डौले तीज कार्यक्रम आयोजना हुँदै आएको उनले बताए । यस प्रकारको भेलामा मोरङ्ग प्रदेश नं १ बाट काठमाडौँ आएका बासिन्दाहरूको करिब पांचसयको सख्ंया बाक्लो उपस्थिति हुने गरेको छ ।

मोरङ्ग समाजले सहभागी सदस्यहरूबाट केही शुल्क लिएपनि मोरङ्गका बाडी, अग्नि पीडित तथा विपन्न वर्ग समुदायमा समाजका लागि उद्योगी – व्यवसायीहरूबाट संकलीत रकम कोषमा जम्मा भई विपन्न वर्गको सामाजिक–आर्थिक सुरक्षामा प्रयोग हुँदै आएको उनले बताए । त्यस अक्षय कोषमा योजना अनुरूप रकम जम्मा भएमा आगामी दिनमा मोरङ्गका चेलीबेटीहरूका लागि निःशुल्क तीज कार्यक्रम आयोजना गरिने उनले बताए । त्यस कोषमा आर्थिक सहयोग गर्ने उनले सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया