आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपालमा खाद्य तथा औषधि उद्योगबाट विश्वस्तरीय उत्पादन बजारमा उपलब्ध हुन थालेपछि नेपालमा उत्पादन गरिएका केही औषधिहरू अफ्रिकी राष्ट्रहरूमा निर्यात हुन थालेका छन् । तर नागरिकले दैनिक रूपमा उपभोगगर्ने औषधि जस्तो अत्यवशकीय उत्पादन समूहका औद्योगिक परामर्शदाता कम्पनीले नेपाल भित्र्याउने प्रविधिका बारेमा पूर्ण जानकारी सहितको व्यवसायी क्षमता अभिवृद्धि नगरेपछि त्यस्ता परामर्शदाता कम्पनीहरूले निर्माण गरेका औषधि उद्योगहरूले लगानी अनुसार प्रतिफल नपाएको गुनासो आउन थालेका छन् । अर्कोतर्फ वार्षिक रूपमा गरिने कुशल वस्तु उत्पादन (GMP) अडिटमा समेत समस्या हुने गरेको पाइएको छ ।

यस विषयमा औषधि व्यवस्था विभागका पूर्व जनरल डाइरेक्टर तथा हाल विभागको केन्द्रीय ल्याबतर्फका निर्देशक नारायण ढकालसँग गरिएको प्रश्नमा उनले समेत व्यवसायीक परामर्शदाताका व्यसायीक क्षमता अभिवृद्धि हुन नसक्दा औषधितर्फ नयाँ औषधि उद्योगका कुशल वस्तु उत्पादन, अडिटमा केही समस्या देखिएको बताएका छन् । समाचार स्रोतका अनुसार औषधितर्फका नयाँ उद्योग निर्माणमा प्राविधिक सहयोग पुर्‍याउने कम्पनीहरू उत्पादन प्रविधिका बारेमा हेक्का नराखी ल्याइएका प्रविधिबाट विश्व स्वास्थ्य संगढनले सुझाए अनुसारको मापदण्ड अनुसार औषधि उत्पादन प्रक्रियामा केही समस्या उत्पन्न भएको हो । यसबाट उद्योगको लगानी अनुसार प्रतिफल पाउन समेत मुस्किल भएको छ ।

यसै बिच विगत लामो समय देखी औषधि उद्योग निर्माणमा व्यवसायी परामर्शदाताको सेवा दिँदै आएका डिलाइट क्लाइमेट प्रा.लि ले आ.व २०७८–०७९ मा लोमस लगायतका दुई फर्मास्युटिकल कम्पनीका नयाँ युनिट निर्माण सम्पन्न गरिएको जनाइएको छ । जस अनुसार लोमस फर्मास्युटिकलको पेन्सिलिन तथा हर्मोन तर्फको औषधि उत्पादन सेफोल्कसफरेन युनिट निर्माण सम्पन्न भएको जनाइएको छ । त्यस्तै भेटनरीका औषधि उत्पादन गर्ने सिटीजन फर्मास्युटिकलको समेत निर्माण सम्पन्न गरिएको डिलाइट कम्पनीका प्रवक्ताले जानकारी दिएका छन् ।

डिलाइटले विश्वमा देखिएका औषधि उत्पादन प्रविधि स्तरोन्नति अनुसार नेपालमा प्रयोग हुने प्लान्ट तथा प्रविधिमा सोही प्रविधिको अनुसरण गर्दे पूर्ण स्वचालित प्लान्ट भित्राउँदै आएको छ । त्यस्तै औषधि उत्पादनका अर्धस्वचालित प्लान्टलाई परमानेन्ट लजिक कन्ट्रोल (PLC) मा रूपान्तरण गरिएको जनाइएको छ । हाल डिलाइटले १२ औद्योगिक इन्जिनियर सहित २५ दक्ष जनशक्ति मार्फत सेवा उपलब्ध गराइएको छ । औषधि उत्पादनका नयाँ प्रविधि यसअघि प्रयोगमा आएका प्लान्टको दाँजोमा १०–१५ प्रतिशत महँगो हुने गरेपनि यसतर्फका परामर्शदाता कम्पनीलाई उद्योग र बजारको आवश्यकता अनुसारको प्राविधिक जानकारी हुनुपर्ने यसतर्फका विज्ञको दाबी छ । नेपाली औषधि उद्योगहरू नवीन उत्पादन प्रविधि प्रयोगतर्फ मोडिन चाहेपनि त्यस अनुसारको प्रविधि भित्र्याउने परामर्शदाता कम्पनी र जनशक्तिको कमी रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया