आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

फ्रेट व्यवसायीहरूको छाता संगढन नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) ले प्रत्येक वर्षको जुलाई २९ मा कार्गो दिवस मनाउँदै आएको छ । उक्त कार्गो दिवसमा यस क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिँदै आएको नेफाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र« संग्रौलाले बताएका छन् । सोही क्रममा फ्रेट व्यवसायी सरोज घिमिरेलाई उनको अतुलनीय योगदान बापत सम्मान गरिएको छ । प्रत्येक कार्गो दिवसमा यस क्षेत्रलाई सहयोग पुर्याउंदै आएका सरकारी तथा गैर सरकारी संस्था तथा नेफालाई आवश्यक परेको बेलामा साथ दिने नेफा सदस्यलाई सम्मान गरिने प्रचलन रहिआएको उनले बताइए । यही विधामा फ्रेट व्यवसायी सरोज घिमिरेलाई नेफा अवार्ड–२०२२ बाट सम्मान गरिएको थियो ।

तीस वर्ष अघि कार्गो एसोसिएसन अफ नेपाल (CAN) र फ्रेट फरवार्डस एसोसिएसन (FAN) को मर्जरबाट नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) जन्मिएको थियो । सरोज त्यसबेला कार्गो एसोसिएसन अफ नेपालमा आबद्ध रही दुई संघको मर्जरमा समेत उनले प्रत्यक्ष सहयोग गरेकाले व्यवसायी सरोज घिमिरेलाई सम्मान गरिएको वरिष्ठ उपाध्यक्ष संग्रौलाले बताएका छन् । उनी लामो समय देखी लजेष्टिक पेसामा आबद्ध रही नेफालाई अनवरतरुपमा सहयोग गर्दे आएका छन् । नेपालको सबै भन्दा पुरानो ट्राभल एजेन्सी अन्नपूर्ण ट्राभल्सबाट ४८ वर्ष अघि हवाई कार्गो क्षेत्रमा प्रवेश गरी व्यवसायीक जीवन सुरु गरेको बिजनेस वल्ड डिजिटल पत्रिकाका प्रतीनिधीलाई सरोजले बताए । सन २००० देखी उनले युनिक कार्गो कम्पनीको स्थापना गरी सञ्चालनमा ल्याउन सफल भएका हुन । लजेष्टिक क्षेत्रमा उनीबाट प्रशिक्षण पाई सयौँ व्यक्तिबाट कम्पनी सञ्चालन भई हजारौँलाई रोजगारी समेत उपलब्ध हुन सकेकोमा उनले खुसी व्यक्त गरेका छन् । हाल फ्रेट व्यवसायका अग्रणी कम्पनीहरू स्थापित भएको उनले बताए ।

वस्तु निर्यातको हवाई पारवहनमा सहजीकरण गर्दे नेफालाई संस्थागत रूपमा उनले सहयोग गर्दे आएका छन् । नेपालबाट हुने वस्तु निर्यातमा एकताका तैयारी पोसाक (गार्मेन्ट) र कार्पेटले ठुलो हिस्सा ओगटेको थियो । त्यसबेला हवाई सेवा मार्फत कार्गो पारवहनका प्राविधिक समस्याहरूको सहजीकरण गर्दे हवाई फ्रेट व्यवसायीमा योगदान पुर्‍याउन सफल भएका थिए । किनकि सरोजको व्यवसायीक जीवनको सुरुवात अन्नपूर्ण ट्राभल्सबाट भएकोले विदेशी वायु सेवाका कम्पनीसँग उनी नजिक भएपछि त्यसको फाइदा नेपाली हवाई कार्गो पारवहनका समस्या समाधानमा प्रयोग गरिएको उनले विगत सम्झँदै बताए । फ्रेट व्यवसायी सरोजको अनुभव र योग्यता पछिल्लो पुस्तामा स्थानान्तरण हुँदै यस व्यवसायीकरण यात्रामा उनले संंयौ कार्गो तथा कुरियर व्यवसायीलाई व्यवसायीक ज्ञान दिँदै नेफाबाट सम्मानित हुन पाएको आफूलाई गौरव लागेको बताए ।

तपाईको प्रतिक्रिया