आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

रेमिटेन्स व्यवसायमा पहिलो पटक नेपाल राष्ट्र बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर २६ लैनचौर स्थित मुख्य कार्यालय रहेको ‘यस रेमिट प्रालि’को लाइसेन्स खारेज गरिदिएको जनाएको छ । उक्त कम्पनीले आफै लाइसेन्स खारेजका लागि आवेदन दिएपछि राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो ।

राष्ट्र बैंकले सो कम्पनीको लाइसेन्स खारेज गर्नु अघि उक्त कम्पनीसँग कारोबार गरेर लेनदेन बाँकी रहेका व्यक्ति तथा संस्थाहरूलाई सूचना जारी भएको मितिले ३५ दिन भित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा आवेदनका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । तोकिएको मिति भित्र लिखित जानकारी प्राप्त नभएमा उक्त कम्पनीको रेमिटेन्स कारोबार गर्ने लाइसेन्स खारेज हुने भएकाले बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले प्रस्ट पारेको छ ।

तपाईको प्रतिक्रिया