आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

सरकारले सरकारी कर्मचारीको तलब बजेट २०७९–०८० मार्फत १५ प्रतिशतले वृद्धि गरिने घोषणा गरिएको थियो । सो तलब वृद्धि यही साउन १ बाट लागू हुने गरी सरकारी कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका थिए । तर सरकारी उच्च तहका कर्मचारीका मात्र २५ प्रतिशत तलब वृद्धि मन्त्रीपरिषद्बाट सुटुक्क निर्णय गरियो । सोही प्रतिसतको तलब वृद्धि सम्पूर्ण कर्मचारी वर्गमा लागु हुनुपर्ने माग राखी यही सप्ताह त्यस निर्णयको विरुद्धमा त्रि.वि भन्सार लगायतका सम्पूर्ण कर्मचारीले कलम बन्द गरेपछि वाणिज्य रोकिएको उवासंघ कार्यसमिति सदस्य तथा कर तथा राजस्वका सह–सभापति, गोविन्द ढुङ्गेलले बताएका छन् ।

राज्यले समेत अधिकृत सरहका कर्मचारीको तलब २४.५ प्रतिशत तर सुब्बा सरहका कर्मचारीलाई बजेटमा घोषण भए अनुसार मात्र १५ प्रतिशत तलब वृद्धि भएपछि उनीहरूमाथि अन्याय गरेका छन् । तल्लो तहका कर्मचारीका तलब वृद्धिको सट्टा माथिल्लो तहका कर्मचारीको मात्र सुटुक्क तलब वृद्धिबाट वाणिज्यमा असर पर्न गएको हो । नेपाल सरकारका अर्थ मन्त्रालयबाट यस किसिमको गैर जिम्मेवार पूर्ण निर्णय गर्दा निर्यात वाणिज्य सहित राजस्व असुलीमा पर्न जाने असरको बारेमा सचेत रहनुपर्नेमा त्यसो नगरिएको उनको गुनासो छ ।

सरकारी सबै तहका कर्मचारीका समान तलब वृद्धिको माग राखिनु सामान्य हो । तर त्यही मागको निहुँमा वाणिज्य नै ठप्प पारिदिने कार्य राष्ट्र सेवक कर्मचारीबाट गरिदा निर्यात वाणिज्यमा ठुलो असर परेको छ । किनकि राज्यको वाणिज्यबाट हुने भन्सार असुली मुख्य आय स्रोत भित्र पर्दछ । वाणिज्य चेपुवामा परेपछि राज्यलाई अबौ राजस्व नोक्सानी भएको छ । अर्कोतर्फ निर्यात वाणिज्यमा असर पर्न गई व्यापार घाटा समेत भएको उनले बताए ।

गत आ.व को तेस्रो चौमासिक सम्म आयातसँगै निर्यातमा समेत वृद्धि भएको थियो । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालबाट एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात भएको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार गत आ.व को तेस्रो चौमासिकमा आयात ५९.१३ प्रतिशत र निर्यात ९५५.४८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन् धेरै वृद्धि हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।

गत आ.व व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । सोही अवधिमा नेपालमा १४१ देशबाट रु. नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बराबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा सबै भन्दा धेरै आयात भारतबाट भएको थियो ।

भारतबाट यस अवधिमा ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । भारतपछि चीनबाट ठुलो मात्रामा आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ । यसैगरी नेपालले त्यस अवधिमा भारत तर्फ रु ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया