आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको छ । नाडाले पहिलो पटक बिद्युत् गाडीको एक्सपो असोज ६ देखि ९ गते सम्म आयोजना गर्ने जनाएको छ । यसअघि नाडा अटो शो को १५औँ संस्करण २०२२ भदौ ७ गते देखी आयोजना गरिने मिती तय गरिएकोमा सरकाले अटो आयातमा प्रतिबन्ध लम्ब्याएकोले यस वर्ष भदौमा आयोजना गरिने भनिएको प्रस्ताव रद्द गर्दे विकल्पमा बिद्युत् गाडीको एक्सपो आयोजना गर्न लागिएको बताइएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा हालै बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौँ बैठकले पहिलो पटक नाडा इभि एक्स्पो २०२२ गने निर्णय गरेको छ । भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गर्दैे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

एक्स्पो मिति असोज ६ गते देखि ९ गतेसम्म काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने छ । सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो ।

 

 

 

तपाईको प्रतिक्रिया