आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

चन्द्रागिरि नगरपालिकामा आइएमई–पे एपबाट पहिलो पटक विद्युतीय कर भुक्तानी सेवा शुरु भएको जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई–पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका थिए । यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यावसायिक कर सजिलै अनलाइनमा आइएमई–पे मार्फत भुक्तानी गर्न सक्नेछ ।

उद्घाटन कार्यक्रममा आइएमई डिजिटल सोलुसनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजिटल नेपालाई प्रवद्र्घन गर्न पाउँदा आफू र सम्बद्ध कम्पनीका लागि एक उपलब्धि भएको उल्लेख गरेका थिए । नगरबासीहरुलाई राजस्व तिर्न थप सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । प्रयोगकर्ताहरूले आइएमई पे एपको होम पेजमा रहेको  “लोकल गभरमेन्ट” गई “चन्द्रागिरि नगरपालिका” मार्फत आफ्नो कर तिर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया