आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

भारतीय स्टक बजारका लगानीकर्ता अर्बपति राकेश झुनझुनवाला देहबसान भएपनि केही सिकाएर गएका छन् । स्टक बजारमा लामो समयसम्म टिक्न धर्याता चाहिन्छ । प्राय लगानीकर्ताहरू बजारमा घाटा हुन थालेपछि सस्तोमा शेयर बिक्रीगरी बाहिरिने गर्दछन् । तर उनी बजारको उतार चढाव देखेर आत्तिएनन् उल्टै धर्याता पूर्वक लगानी गरिरहे । पाँच हजार जस्ता सानो रकम बोकेर उनी बजार छिरेका भएपनि ५.५ बिलियन अमेरिकी डलर सम्पत्ति, स्टक बजारबाटै आर्जन गरी भारतीय ४३८ औ धनी व्यक्ती बनेका छन् । उनको ६२ वर्षमा अस्ताए ।

हैदराबादमा जन्मिएका उनले १९८५ देखी सेयर बजारमा लगानी गर्न थालेका थिए जुनबेलामा भारतीय स्टक बजारको इन्डेक्स १५० मात्रै रहेका थियो । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन्डियाबाट चार्टर एकाउन्टेन्ट शिक्षा प्राप्त गरेका थिए । त्यसैले उनी सेयर बजारको अब्बल विश्लेषक थिए । उनका श्रीमती र ३ सन्तान छन् । सन १९८५–८९ बिच उनले सबै भन्दा उच्च २५ लाख नाफा आर्जन गर्न सफल भएपछि उनको सफलताको क्रम सुरु भयो । उनले आर्जन गरेको कुल सम्पत्ति ११ हजार करोड भारती रुपैयाँ रही, राकेश झुनझुनवाला भारतीय ४८ औ धनी व्यक्ती हुन् ।

उनले एकै क्षेत्रमा लगनशील भई निरन्तर लगानी गर्नाले सफल भए । सामाजिक उत्तरदायित्व क्यान्सर पीडित बालबालिकाहरूका लागि ठुलो धनराशि सहयोग गरेका यिनले खर्च गरेका छन् । यौन शोषण विरुद्ध बालबालिकामा सचेतना फैल्याउन सहयोग गरी थुप्रै सघं-संस्थाहरु आबद्ध रहेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया