आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

काठमाडौँ । गणतन्त्र इन्डोनेसियाको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, काठमाडौँ स्थित पानीपोखरी, कार्यालयमा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तोलन गरी मनाएका छन् । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् । बुधवार बिहान आयोजित एक कार्यक्रम बिच झन्डोत्तोलन गरेका थिए ।

स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसिया बिच वाणिज्य क्षेत्रमा सुमधुर सम्बन्ध रहेको छ । आगामी दिनमा यस सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन प्रयास गरिनेछ उनले बताए । द्धिपक्षीय व्यापार तथा अनुभव आदान प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको बताए । यो आपसी सम्बन्धलाई आगामी दिनमा मजबुन बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल र गणतन्त्र इन्डोनेसिया बिच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरू मध्यको सब भन्दा ठुलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । दुई देश बिच पर्यटन लगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया