आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

औषधि उद्योगहरूले चिकित्सकहरूका सल्लाह अनुसार दुई वर्ष भन्दा अघि ६५० एमजीकौ पारासिटामोल उत्पादन गर्ने अनुमति बल्ल कार्यान्वयन आएको छ । धैरैपछी औषधि व्यवस्था विभागले नेशनल हेल्थ केयर,मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स र आर्या फर्मा ल्याबलाई ६५० एमजीको सिटामोल पारासिटामोल उत्पादन गर्न अनुमति दिएको छ । जसको प्रति ट्याब्लेट ३ रुपैयाँ मूल्य हाराहारी तोकिएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । लोमस फर्मास्युटिकल्स पनि अनुमति पाउने क्रम रहेको बताइएको छ । विभागका प्रवक्ता केसी औषधिको डोज र अन्तर्राष्ट्रिय मूल्यको आधारमा सिटामोलको नयाँ मूल्य तोकिने बताउँछन् । पाँचसय एमजीको मूल्य जति छ, त्यसको अनुपातमा अन्तर्राष्ट्रिय सन्दर्भ समेत हेरेर मूल्य तोकिने छ । केसीले भने, (स्वास्थ्य) मन्त्रालयका सचिवसँगको सल्लाहमा मूल्य तोक्ने भनिएको छ ।

हाल ५०० एमजीको पारासिटामोल मूल्य प्रतिट्याब्लेट १ रुपैयाँ छ । कोभिड महामारी पछि चिकित्सकहरूका सल्लाह अनुसार ६५० एमजीको पारासिटामोल प्रचलन आएको हो । अझ विकसित मुलुकहरू १००० एमजीका सिटामोल प्रयोग आइसकेको पाइन्छ । सिटामोलको उत्पादन गर्ने कच्चा पर्दाथ (API) अन्तर्राष्ट्रिय मूल्यमा ९०० प्रतिशत मूल्य वृद्धि भएकोले सरकारसगं मूल्य वृद्धि गरिनु पर्ने आम उद्योगी रहिआएको छ । स्थानीय औषधि उद्योग कच्चा पर्दाथ तथा प्याकिङ सामाग्री आयात निर्भर छ । औषधि उत्पादकहरू सामाजिक उत्तरदायित्व वहन घाटामा सिटामोलको उत्पादन गर्दे आएका छन् ।

विज्ञ सल्लाहकारले ६० वर्ष भन्दा माथिका नागरिकलाई ५०० एमजीको पारासिटामोल काम नगरेको राय दिएपछि ६५० एमजीको पारासिटामोल उत्पादन अनुमति दिएको विभागका महानिर्देशक भरत भट्टराईले बताए । अहिले उत्पादन अनुज्ञापत्र मात्र दिइएको हो । बजार बिक्रीको लागि केही समय लाग्छ । बजार बिक्रीको बेलामा मूल्य ताकिनेछ, भट्टराईले भने । नागरिकले सरदर आवश्यकता अनुसार वार्षिक ३ स्ट्रीप पारासिटामोल खपत हुने गरेको एक अध्ययनले देखाएको छ । एक स्ट्रीपमा दश चक्की पारासिटामोल हुने गर्दछ त्यसको बजार मूल्य रु.१० – पर्दछ ।

भारतीय फार्माकोपिया औषधि स्तर नियमावली २०४३ मा ६५० एमजीको औषधी उत्पादन गर्न सक्ने व्यवस्था छ । औषधि व्यवस्था विभागले भारतको सोही नियमावलीलाई टेकेर विज्ञ सल्लाहकारको राय अनुसार वजन थप गरिएको कारण देखाएको छ । भारतीय फार्माकोपियामा ६५० एमजीको सिटामोल दर्ता भई प्रयोगमा आएको र कोरोना महामारीमा बढी वजनको सिटामोल अत्यधिक प्रयोग भएकाले पनि वजन बढाउनुपरेको हो’ विभागका प्रवक्ता केसीले भने । नेपाल औषधि उत्पादक सङ्घको तथ्याङ्क अनुसार नेपाली बजारमा वार्षिक करिब ७ करोड रुपैयाँ चक्की सिटामोलको माग हुने गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया