आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

बेष्ट फाइनान्स कम्पनीले निक्षेप मुद्दती बचतमा तेब्बर प्रतिफल योजना हालै मात्र सार्वजनिक गरेको छ । कम्पनीका अनुसार बचत डबल गर्ने की तेब्बर योजना शीर्षकमा यो नयाँ योजना ल्याएको हो । यस विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निः शुल्क पाउने समेत कम्पनीले जनाउको छ ।

कम्पनीका अनुसार यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा निक्षेप राखेमा रकमको दोब्बर पाइने छ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । फाइनान्सले रेमिटेन्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर पाइने जनाएको छ ।

तपाईको प्रतिक्रिया