आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

वाणिज्यको प्रमुख अंगको रूपमा रहेको कुरियर व्यवसायीहरूको छाता संगठन नेपाल कुरियर सेवा संघको २८ वार्षिक साधारण सभाबाट प्रत्येक प्रदेशबाट एक संयोजक चयन गरी प्रदेश संरचना गठन गरिएको जनाइएको छ । बि.स २०७३ को आमनिर्वाचन पछि सघीयतामा गई ७ प्रदेश, ७७ जिल्ला तथा ७५३ स्थानीय तहमा विभाजन गरिएकोको छ । यसबाट राजनीतिक भौगोलिक देशको ढाचां अनुसार सम्पूर्ण प्रदेशमा उपस्थिति जनाई व्यवसायी हकहितको विकास गर्नेछ । कोसानको हाल काठमाडौँ केन्द्रमा मात्र उपस्थिति छ ।

त्यस बुलेटिनको संयोजक तथा सम्पादन कोसानका उपाध्यक्ष अनिलराज भण्डारीले गरेका थिए ।

प्रदेश संरचना गठन गर्ने क्रममा प्रदेश नं १ बाट राजकुमार पोख्रेललाई चयन गरिएको छ । त्यस्तै मधेस प्रदेशबाट श्रवण कुमार राउत , बागमती– विनोद बहादुर पाख्रिन , गण्डकी– महेन्द्र दाहाल , लुम्बिनी– दीपेन्द्र दाहाल र सुदूर पश्चिम– नवराज भट्ट प्रदेश संयोजक छानिएका छन् । तर कर्णाली प्रदेशमा भएको रिक्त स्थानको, कोसानले चयन गर्ने ती सबै प्रदेश संयोजक पदेन सदस्य हुने जनाइएको छ ।

उवासंघका वरिष्ठ उपाध्यक्ष, चन्द्र प्रसाद ढकाल

उक्त साधारण सभाका प्रमुख आतिथ्य गरिरहेका उवासंघका वरिष्ठ उपाध्यक्ष, चन्द्र प्रसाद ढकालले कुरियर व्यवसायीका समस्या पहिचान गरी नेपाल सरकारसँग वा नियमनकारी निकायसँग उवासंघ सधैँ पहल गरिने बताएका छन् । नेपालभर ७७ जिल्लामा सेवा उपलब्ध गराउँदै कोभिडको बेलामा लजेष्टिक सेवाले निरन्तरता पाएकोमा धन्यवाद दिए । कुरियर व्यवसायीका समस्यामा उवासंघ एक जुट भई कुनैपनि समयमा सहयोगका लागि तैयार भएको प्रतिबद्धता व्यक्त गरे । त्यस्तै समयानकुल गुणस्तरीय सेवा प्रधानबाट कुरियरको विशवशनियातामा वृद्धि भई ग्राहकहरू उक्त सेवाको शुल्क भुक्तानी गर्न तैयार रहेका छन् ।

उत्कृष्ट अन्तरदेशिय कुरियर सेवा दिए बापत, सुपर काइनेटिक (नेपाल) का दीपक राना मगर पुरस्कृत हुँदै

कोसानको साधारण सभाले हाल पेट्रोलियम पदार्थको मूल्यमा अत्यधिक वृद्धि हुँदै अकसाएको प्रशासनिक खर्च धान्न डकुमेन्ट तथा पार्सल डेलिभरीको दर रेटमा वृद्धि गराइएको उपाध्यक्ष अनिलराज भण्डारीले जनाइएको छन् । तर वृद्धि गरिएको दर रेट भ्याट बाहेकको भएको जनाइएको छ । कोसानको दर स्तरीय मापदण्ड प्रयोग भई प्रकाशित दर, हुलाक सेवाको भन्दा कममा कायम गरिएको जसले निजी क्षेत्रका व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने बताइएको छ ।


त्यस २८ वार्षिक साधारण सभामा अध्यक्ष, देवेन्द्र खडकाले विभिन्न ट्रान्जिट नाकाहरूमा वैज्ञानिक ढङबाट प्याक गरिएका गरिएका पुलिन्दाहरू प्रशासनबाट चेक जाँचको नाम विभिन्न ट्रान्जिट नाकाहरूमा पार्सलहरू खोलिदिने झन्झट व्यहर्नु परेको बताएका छन् । यस समस्याबाट उन्मुक्ति पाउन कुरियर एक्सप्रेस संवेदनशील सेवा भएको प्रदेश सरकारलाई बुझाउन जरुरी छ । साथै कुरियर सेवाको लागि प्रयोगमा आउने डेलिभरी भ्यान लगायतलाई राज्यले भन्सार छुटको लागि जोडदार माग गरेका छन् । आयात–निर्यात सहयोगी हुन अन्य राष्ट्रको जस्तै २४ घण्टा भन्सार जाचपास व्यवस्था हुनु पर्दछ । जसले राज्यको भन्सार असुली लक्ष्य पाउँछ । त्यस्तै कुरियरमा बिमाले प्रवेश नपाएको उपस्थित व्यवसायीहरूले चर्चा गरेका थिए ।


कोसानका महासचिव– राजकुमार सामरी

उक्त अवसरमा ले कोसानको सदस्यता विशेष ग्राह्यता भित्र पर्न सकेकोले सदस्य संख्यामा वृद्धि भई हाल ८० पुगेको बताइएको छ । अन्तर्राष्ट्रिय सेवा दिने कुरियर कम्पनीहरूले त्रि.बि भन्सारमा खेप्नु परेको हैरानी समाधानका लागि संघ कटिबद्ध रहिआएको छ । त्यसतै कुरियर व्यवसायीहरूको सहज सिंहदरबार प्रवेशमा हालै सञ्चार तथा सूचना प्रविधि माननीय ,मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग प्राशशसिनक क्षेत्र प्रवेश पासको पहल गरिएकोमा सहजीकरण गरिने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । कोसान सबै व्यवसायीको साझा संस्था भएको संघको स्थायित्वमा प्रत्येक व्यवसायीले सहयोग गर्नुपर्ने उनले बताए ।

 

 


 

कोसानका निवर्तमान अध्यक्ष तथा उवासंघ कार्यसमिति सदस्य तथा कर तथा राजस्वका सह–सभापति, गोविन्द ढुङ्गेल

कोसानका निवर्तमान अध्यक्ष तथा उवासंघ कार्यसमिति सदस्य तथा कर तथा राजस्वका सह–सभापति, गोविन्द ढुङ्गेलले उक्त २८ वार्षिक साधारण सभामा सरकारी उच्च पदस्थ अधिकारीहरूलाई अतीथीरुपमा बोलाइने क्रम भंग गर्दे उवासंघ पदाथिकारीहरुबाट कोसानको अनगिन्ती समस्याहरूको सहजै हल हुने गरेको बताए । उवासंघसंग हातेमालोले हिजोका दिनमा व्यापार सहजीकरण भएको स्मरण गर्दे कुरियरका तमाम व्यवसायीक सहजीकरणको लागि राज्यलाई उवासंघसंग मार्फत बुझाउन बाँकी रहेको छ । उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दे कुरियर व्यवसायीको हकहितकलालागि पहल गराएको जनाउँदै प्रादेशिक सरकारसँग कुरियर क्षेत्रलाई केन्द्र« जस्तै अत्यावश्यक सेवा भित्र वर्गीगरन पार्ने अबका दिनमा प्रयत्न गरिने छ । उनले कुरियरका डेलिभरी भ्यानमा लागू भएको टाइम कार्डलाई हटाउन उपत्यका ट्राफिक महाशाखा समन्वय गरिएको छ । यसका साथै उस्तै प्रकृतिका व्यवसाय गर्ने हुलाक सेवालाई भ्याट छुट तर निजी कुरियर व्यवसायलाई भ्याटको दायरामा राखिने हुनाले उनले भ्याट छुटको जोडदार माग गरेका छन् । प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर दिवस मनाउने गरिएसँगै यस वर्ष पनि भव्य कार्यक्रम गरी मनाइने योजना कोसान रहेको अवगत गराएका छन् ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया