आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपाल उद्योग वाणिज्य महासंघ भातृ संगढनको रूपमा रहेको नेपाल कुरियर सेवा सघंमा आबद्ध कम्पनीहरूले अन्य सेवा उद्योग सरह न्यूनतम आधारभूत लगानी गरे मात्र अस्वस्थ्य प्रतिस्पर्धाबाट बच्न सकिने नेपाल कुरियर सेवा सघं (कोसान) का कोषाध्यक्ष, तिल राज खतिवडाले बताएका छन् । कुरियर कम्पनीहरूले ग्राहक सेवामा उपयुक्त लगानी गरे मनग्य मुनाफा बटुल्न सकिने यथार्थलाई बिर्सेर दर रेटमा आधारित प्रतिस्पर्धा मात्र गर्दा आर्थिक रूपमा कम्पनीहरू कमजोर हुदैं गएको छ । आधारभूत लगानी नगरीकन उपभोक्ताको आवश्यकता परिपूर्ति हुँदैन । कुरियर कम्पनी सञ्लान गरिरहेका कम्पनीहरू बिचमा पूर्वाधारमा लगानी गरेका तथा नगरेको बिचमा दर रेटमा व्याप्त अस्वस्थ्य प्रतिस्पर्धाबाट कुरियर क्षेत्र जोगाउन यस क्षेत्रमा लगानी भित्रिन अपरिहार्य छ ।

कुरियर तथा कार्गो कम्पनी, कम्पनी रजिस्टार कार्यालय दर्ता हुने क्रममा देखाइको पुजी यस क्षेत्रमा प्रयोग नभए पाइन्छ । यस कारणले प्राय अन्तरदेशिय कम्पनीहरूमा आश्रित श्रमिकहरूले समयमा तलब नपाउने देखि सेवा लिने ग्राहक समेत असन्तुष्टि व्यक्त गरेको छन् । दर रेट सस्तो हुँदैमा गुणस्तरीय सेवा प्रवाह हुन सक्दैन । नेपालभर नेटवर्क नभएपनि प्रदेशगत मुख्य केन्द्रमा कार्यालय स्थापना गरिनुको साथै डेलिभरी भ्यान सूचना प्रविधिमा लगानी हुन अनिवार्य भइसकेको छ ।

ग्राहकहरूसँग प्रति पार्सल रु. ५०÷– लिनुको सट्टा कुरियर क्षेत्रले तोकिएको समयमा डेलिभरी दिई प्रिमियम सेवा मार्फत रु. ५०० – शुल्क लिदां लगानी गरिए बमोजिम मुनाफा बटुल्न सकिन्छ । यसले कुरियर क्षेत्रको विश्वसनीयता अभिवृद्धिले सन्तुष्ट उपभोक्ताले प्रशय पाउँदछ । कुरियर व्यवसायीहरू पुरानो सोचमा छन् । वास्तवमा छिटो डेलिभरीको सेवा उपभोग गर्ने ग्राहक तयार भइसेको छ । लगानी भए बमोजिमको कुरियर व्यवसायबाट मुनाफा बटुल्न सकिने वातावरण तैयार छ ।

कुरियर व्यवसाय टिक्न गुणस्तरीय सेवा तथा सिस्टममा ध्यान दिन आवश्यक भइसकेको छ । सार्क मुलुकमा छिमेकी राष्ट्र भारतमा सञ्चालित कुरियर कम्पनीमा सूचना प्रविधि प्रयोग मार्फत ग्राहकसँग बुझिलिएको पार्सल सम्बन्धित व्यक्तिले नपाउँदासम्म प्रत्येक चरण स्क्यानीङ हुने गर्दछ र सम्बन्धी कुरियर कम्पनीको एप मार्फत जानकारी लिन सकिन्छ ।

निर्यातकर्ताले वस्तु उत्पादन गरेपछि निर्यातका लागि तैयार भएको जानकारी गराइन्छ । कम्पनीबाट पिकअप गर्न जाने कर्मचारीले ठाउँको ठाउँ निर्यातका सिपमेन्ट स्क्यान गरी रसिद दिँदा विश्वसनीयता बढ्छ । निर्यातसँग सम्बन्धित जानकारीको प्रविष्ट गरिदिनाले सामान गनत्वय सम्म पुग्ने दिन तथा समय तोकिने गर्दछ । त्यस्तै कम्पनीका एप प्रयोग मार्फत कुन हवाई सेवा मार्फत गनत्वयको लागि उडेको बिना झनभट निर्यातकर्तालाई जानकारी दिइनु पर्दछ । गन्तव्यमा पुगेपछि फलानो व्यक्तिले पाए सम्मको स्क्यान गरी ग्राहकलाई एप मार्फत जानकारी दिए पछि कम्पनी व्यवसायीक लजेष्टिक कर्तव्यले पूर्णता पाउँछ ।

प्रत्येक कम्पनीमा सूचना प्रविधि पोख्त दुई जना व्यवसायीक व्यक्ती आवश्यकता छ । सूचना प्रविधि सञ्चार क्षेत्रबार्टै विश्व सञ्चालनमा छ, त्यस कारण प्रविधि सहितको कुरियर सेवा सञ्चालनको आजको आवश्यकता हो । कुरियर क्षेत्रमा प्रविधि मैत्री जनशक्ति सहजै तयार पार्न सकिन्छ त्यसको लागि प्रशिक्षकहरू छन् । कुरियर संघबाट भिसिटिएस र भ्याट लगायतको तालिम सम्पन्न गरिए पनि प्रविधिमा आधारित तालिम हुन बाकी छ । कोसानबाट प्रविधिजन्य तालिमका नेतृत्व गर्न तयारीमा जुटेको छ । सुरुमा प्रत्येक कम्पनीको लागि दुई व्यक्ति प्रविधि जानकार बनाइने छ । त्यसपछि हरेक कम्पनीमा विभागत प्रविधिका पोख्त जनशक्ति तयार पारिने छ । प्रविधि मध्ये एप र ट्रयाकीङ सिस्टम सहितको कुरियर कम्पनी सञ्चालनका लागि अधारभुत पूर्वाधारको लगानी हुँदा मात्र अस्वस्थ्य प्रतिस्पर्धाबाट यस क्षेत्रलाई जोगाउन सकिन्छ ।

 

 

तपाईको प्रतिक्रिया