आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

कुरियर व्यवसायीहरूको साझा नेपाल कुरियर सेवा (कोसान) संघले प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर व्यवसायको समृद्धिको कामना गर्दे मनाउने क्रममा, यस पटक कोसानद्धार संरक्षण गरिएको कुरियर बाटिकामा विभिन्न फूलको वृक्ष रोपण गरी मनाइएको कोसानका अध्यक्ष, देवेन्द्र खडकाले बताएका छन् । साथै सोही दिवसको उपलक्ष्यमा नेपाल कुरियर सेवा संघ का सदस्य कम्पनीका सञ्चालकहरू,केन्द्रीय कार्यसमिति , प्रदेश कमिटी ,जिल्ला कमिटी तथा कर्मचारी, लगायत वायुसेवा कम्पनीहरू हार्दिक मङल्मय शुभ कामना व्यक्त गरिएको छ । त्यस्तै कुरियर व्यवसायलाई मर्यादित र व्यवस्थित गर्दे गुणस्तरीय सेवामा प्रतिबद्धता जनाइएको छ ।

वाणिज्यमा लजेष्टिक सेवा उपलब्ध गराउने कुरियर व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत त्रि.बि विमानस्थल परिसरमा कोसानबाट संरक्षण गरिएको कुरियर बाटिकामा थप सौन्दर्यताका शान्ति प्रतीक भगवान् बुद्धको प्रतिमा स्थापना गरिने छ । त्यस बाटिकामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सुन्दर र शान्तिको सन्देश फैल्याउन कोसिस गरिएको छ । विभिन्न सुगन्धित फूलको वृक्ष रोपणले स्वच्छ प्राकृतिक अनुभूति महसुस हुन्छ । कोसानको एकल पहलमा उक्त को संरक्षण गरिएको छ ।
त्रि.बि विमानस्थल सहज प्रवेशमा त्यहाँका प्रशासनले सहकार्य गरेको छ । कुरियरका ब्यागेज राख्ने उचित व्यवस्थापन गर्न विगत लामो समय देखी कुरियर टर्मिनल, यससगैं आयात–निर्यातका कार्गो, व्यागेजको एकसे–रे मेशिनको साथै छुट्टै कुरियर क्षेत्रको व्यवसायीले माग गर्दे आएको छ । कुरियर दिवसको दिनमा त्रि.बि प्रमुखले आउँदा दिनमा लिखित पत्र सहितको व्यवसायका मागमा सोही बमोजिम विभागले सहजी गर्ने आश्वासन दिइएको अध्यक्ष, खडकाले बताएका छन् । त्रि.बि विमानस्थलबाट वाणिज्य सहजीकरण हुन त्रि.बि विमानस्थलले नीतिगत सहयोग गर्नुपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया