आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपाललाई सफ्टवेयरमा आत्मनिर्भर बनाउने क्रममा मर्कनटाइल अफिस सिस्टमले निर्माण गरेको पुमोरी बैकिङ सफ्टवेयरको प्रयोग दुई दशक पुगेको छ । पुमोरी नेपालबाट निर्मित एक मात्र बैकिङ सफ्टवेयर हो । हाल नेपाल बैक लि., वाणिज्य बैक जस्ता राष्ट्रिय स्तरका ठुला सञ्जाल भएको उच्च डिजिटल बैकिङ सेवा उपलब्ध गराउन सफल हुँदै आएको छ । नेपाल बैंकका सूचना प्रविधि प्रमुख, किरण जङ्ग थापाका अनुसार पुमोरी सफ्टवेयरको प्रयोगबाट वार्षिक चारवटा अपरिष्कृत वासलात बैंकले निकाल्दा कम समयमै सो कार्य सकिएकोले नियमनकारी निकायले तोकिएको समयमा उक्त वासलात प्रकाशन गर्न सहज भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार डिजिटल बैकिङ अन्तर्गत प्रयाग भएको एटिम लगायत बैकको एपको अडिट गर्नु पर्दछ । यस क्रममा पुमोरी सहयोगी बन्दै आएको छ । नेपाल बैकका ग्राहकहरू बैङ्किङ सुविधा लिन शाखा जाने गरेकोमा भोलिका दिनमा बैकिङ सेवा पूर्ण डिजिटल हुन पुमोरी सफ्टवेयर निर्माण गर्ने कम्पनीले विश्वमा देखिएका बैकिङ सुविधाहरू थप गर्दे जानुपर्ने थापाले बताएका छन् । नेपाल बैक जस्तो उच्च सञ्जाल भएको बैंकको ग्राहकले कुनै पनि दर्ता भएका सफटवेयबाट कारोबार गर्दा बैंकको मुख्य, पुमोरी सफ्टवेयरले सर्पोट गरिदिनाले ग्राहक बैंकमा धाउनु पर्दैन ।

पुमोरी सफ्टवेयरको व्यवसायीक दक्ष जनशक्तिबाट हरेक क्षणमा नेपाल बैकले सर्पोट पाउँदै आएको छ । नेपाल बैंकले २१९ शाखा त्यस्तै २२७ एटिएम मार्फत २५ लाख ग्राहकहरूलाई पुमोरी सफ्टवेयरबाट सबै प्रकारको बैकिङ सेवा दिन सक्षम भएको छ । आउदां दिनमा पुमोरीले डिजिटल बैकिङमा सुधार गर्दे लैजानु पर्ने किरण जङ्ग थापाकाले बताएका छन् । पुमोरी सन २०१३ देखि दक्षिणपूर्व राष्ट्र म्यानमार, बंगालादेशमा लगायत सफ्टवेयरको निर्यात गर्दे आएको छ । नेपालका अधिकांश वित्तीय कम्पनी, विकास बैक, लघु वित्त कम्पनीमा पुमोरी सफ्टवेयरले प्रयोग प्राथमिकता पाउँदै गएको छ ।

तपाईको प्रतिक्रिया