आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपालको पहिलो स्टेशनरी सुपर मार्केट किताब कलम स्टेशनरी सुपर र्माटको पहिलो वार्षिक उत्सवमा ज्ञानेश्वरमा शाखा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस अघि सो स्टेशनरी सुपर र्माट कुशेश्वरबाट सुरु गरिएको थियो । ज्ञानेश्वर शाखामा पनि स्कुले विद्यार्थी देखी व्यवसायीक चित्रकलाका उपभोक्ता लक्ष्ति सम्पूर्ण सामाग्री समेटिएकोले छोटो समयमा उपभोक्ताको मन जित्न सफल हुनेमा कम्पनीका प्रबन्ध निर्देशक सुभाष कुमार गुप्ताले बताएका छन् । कुशेश्वरबाट र्माट सेप्टेम्बर ११–१६ सम्म जुनसुकै स्टेशनरी खरिद गर्ने ग्राहकहरूले पहिलो वार्षिक उत्सवमा १० प्रतिशत छुट पाउने छन् ।

१० प्रतिशत छुट

यस सुपर मार्केटमा स्टेशनरीका विश्व बजारका उच्च गुणस्तरीय ३० ब्रान्ड रहेका छन् । कला सृजना तथा स्टेशनरी प्रयोगमा पछिल्लो पटक विभिन्न ६ ब्रान्ड मध्ये मोन्ट–मार्टे अस्ट्रेलिया (व्यवसायीक चित्रकला), टम्बो, साकुरा–जापनिज (स्टेशनरी), त्यस्तै जर्मनीको पाइलट पेन ,स्टाबलो–हाईलाइटर, फाउन्टेन पेनमा पार्कर सेफर लगायतका सामाग्री नेपाल भित्रिएको छ । आम विद्ययार्थीवर्गमा लोकप्रिय ब्रान्ड उपलब्ध गराउन सफल भएको छ । मध्य उच्च वर्ग देखि व्यवसायीक कला सृजना गर्ने लक्षित चाइनीच ,जर्मन ,मलेसियन तथा भारतीय ब्रान्डका नटराज पेन्सिल, लिकं जेल पेन, ओडी लगायत समाग्रीहरु समेटिएको बताइएको छ ।

कुशेश्वर मुख्य किताब कलम स्टेशनरी सुपर र्माटमा दैनिक आउने विद्ययार्थीहरुको मागलाई मध्ये नजरगरी ज्ञानेश्वरमा शाखा सञ्चालन गरिएको छ । बानेश्वर, चाबहिल नजिक संयौको सख्ंयामा खुलेका स्कुल कलेजका विद्ययार्थीहरुको बाक्लो उपस्थिति रहेकोले ज्ञानेश्वरलाई उपयुक्त स्थान रोजेको गुप्ताले बताए । र्माटमा सयौँको सख्ंयामा आउने विद्ययार्थीहरुको उचित मूल्यमा इच्छाएको ब्रान्डको स्टेशनरी खरिद गर्न पाउनेछन् ।

३० ब्रान्ड

कुलेश्वरमा भएका विविध स्टेशनरीका ब्रान्डहरू ज्ञानेश्वरमा समेत १० हजार देखि २० हजारसम्म पर्ने उपहार दिनका लागि प्रयोगमा आउने सेफर पेनका ब्रान्ड राखिएको उनले बताए । कलाकारहरूले विभिन्न प्रकारको चित्र बनाउन प्रयोगगर्ने अस्ट्रेलियन ब्रान्डका चित्रकला सम्बन्धी सामाग्री पाइने भएकोले सम्पूर्ण वर्गको स्टेशनरीको आवश्यकता समेटेन प्रयास गरिएको छ । नेपाली बजारमा यस प्रकारको सुपर मार्केट नौलो आइडिया भएकोले उच्च लगानीको जोखिम रहेको किताब कलम सुपर मार्केट प्रबन्ध निर्देशक गुप्ताले बताए ।

 

तपाईको प्रतिक्रिया