आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपाल साधारण औषधिमा करिब ६० प्रतिशत आत्मनिर्भर हुँदै गएको छ । यस क्रममा, तिलोत्तमा नगरपालिका १२ मा १ बिघा १० कट्ठामा क्षेत्रफल नेपाक्योर फार्मास्युटिकल्सले ९ प्रकारका औषधि उत्पादन अनुमति पाए सँगै ७ प्रकारका औषधि बजार पठाइएको, कम्पनीका प्रबन्ध निर्देशक, तथा (नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष) मृगेन्द्र मेहर श्रेष्ठले बताएका छन् । कम्पनीले उत्पादन तथा बजारीकरणका लागि आवश्यक प्रक्रिया पुरा गरी उत्पादित औषधिहरू बजारमा पठाउन थालिएको जनाइएको छ । उद्योगको उत्पादन ठिलो हुनुको कारण कोभिड महामारीले लक्ष्ति समयमा सुरुवात गर्न नसकिएको बताइएको छ ।

नेपाक्योर फार्मास्युटिकल्सको उद्घाटन सत्रका मुख्य अतिथि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले हालै एक औपचारिक कार्यक्रममा कम्पनीका नौ वटा उत्पादनको प्याकेट अनावरण गरेका थिए । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले उक्त समारोहमा, स्वदेशी औषधि उद्योगको प्रवर्द्धनका लागि सरकार नीतिगत सहजीकरण गर्न तयार रहेको बताए । औषधि उद्योगहरुले आफ्नो दायित्व बिर्सन नहुने भन्दै आम जनताको हितमा काम गर्न अग्रसर हुनुपर्ने, बताएका थिए । गुणस्तरीय औषधिहरू जनतालाई सहज रूपमा उपलब्ध गराउँदै, राज्यले तोकेका मापदण्ड अनुसरण गर्दे त्यसमा राज्यबाट गर्नुपर्ने सहयोगका लागि नियमनकारी निकाय तैयार छ, उनले भने । उद्योगका प्रबन्ध निर्देशक, मृगेन्द्र मेहर श्रेष्ठले, औषधि उद्योग खोल्नका लागि चाहिने नेपाल सरकारको मापदण्ड, विश्व स्वास्थ्य संगठनको (डव्लुएचओ) जीएमपी मापदण्डको निर्देशन पालना गर्दे युएसएफडीएको प्रावधान अनुसार मेशिन तथा प्लान्ट तयार गरिएको छ । विशेषगरी औषधिको अनुसन्धान र विकासमा प्राथमिकता दिएको छ ।

नेपा केयरले ट्याब्लेट, क्याप्सुल, र सिरप सहित अहिले ९ प्रकारका औषधि उत्पादन सुरु गरी हाल ७ प्रकारका औषधि बजार पठाउन थालिएको जानकारी दिए । कम्पनीको बिस हजार वर्ग फुटमा औषधि उत्पादन क्षमता भएकोले आवश्यकता अनुसार क्याप्सुल, झोल तथा ओइन्टीमेन्ट उत्पादन हुने गरेको उनले बताए । नेपाल औषधि उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ तथा प्याकिङ सामाग्री आयात निर्भर छ । विश्व बजारमा कच्चा पदार्थ तथा प्याकिङ सामाग्रीको मूल्य आकासिएको बेलामा राज्यले ९६ प्रकारका औषधिमा मूल्य निर्धारण गरिए सँगै, सोही मूल्यमा नेपा केयरका औषधि बजारमा उपलब्ध हुने निर्देशक, श्रेष्ठले जानकारी दिए ।  त्यसमा अर्थोपेडिक, मधुमेह, छाला, न्युरो, पेन किलर, ग्यास्ट्रिक सम्बन्धी रोग उपचारका लागि प्रयोग हुने औषधिहरू छन् । यसका विश्वमा देखिएका नयाँ प्रकारका मोलिक्यूलहर थप्दै जाने उद्योगको योजना बनाएको छ ।

 नेपाकेयर औषधि उद्योग

औषधिको सुलभ उपलब्धता सँगै उद्योगले भारत र चीन लगायत राष्ट्रहरूबाट नवीन उत्पादन प्रविधि र उपकरण आयात गरिएकोले गुणस्तरमा कुनैपनि प्रकारका सम्झौता नगरिने उनले प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा कम्पनीले आँखा, नाक, तथा कानमा राख्ने थोपा औषधि समेत उत्पादन सुरु गर्ने योजना भएको जानकारी दिए । औषधि उत्पादन प्रक्रियामा प्रख्यात कम्पनीसँग उच्च गुणस्तरको कच्चा पदार्थ आयात गरिएको उल्लेख गरे ।

नेपाकेयर नेपालमा औषधि उत्पादन गर्ने ८१ औँ उद्योगको रूपमा स्थापित भएसँगै औषधि क्षेत्रसंग सम्बन्धित १२५ सख्ंयामा रोजगार उपलब्ध भएको छ । राज्यबाट स्वदेशी औषधि उद्योग फस्टाउने प्रवर्धनकारी नीति नलिएसम्म उद्योगको विकास हुन पाउँदै । स्वदेशी कम्पनीले लौखाको सख्ंयामा रोजगारी दिएको जनाउँदै राज्यले सहजीकरण गरीदिनुपर्ने जोडदार माग निर्देशक, श्रेष्ठले, गरेका छन् । नेपाली औषधि निर्यात हुने प्रचुर सम्भावना रहेपनि राज्यबाट सहयोग नभइंदिदा उच्च परिमाणमा हाल सम्म निर्यात हुन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया