आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

दशै–तिहार जस्ता राष्ट्रिय पर्व लक्ष्ति मुन्चा र ललित मनी ट्रान्सफर कम्पनीले दशै योजना हालै सार्वजनिक गरेका छन् । योजना अनुसार प्रत्येक २ हजार डलरको रेमिटेन्स पठाउँदा गोल्ड प्लेटेड सिक्का पाइने कम्पनीले जनाएको छ । मुन्चा र ललित ट्रान्सफर कम्पनीले यस अघि स्वदेशी लाभग्राही प्रयोगकर्ताले विदेशमा रेमिट रिक्वेस्ट पठाए अनुसार बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिटेन्स पढाउने व्यक्तिले कम्पनीले उपलब्ध गराएको लिङलाई क्लिक गर्ने बित्तिकै सहजै रेमिटेन्स पठाउन सकिने सुविधा उपलब्ध गराउँदै आएको छ । रिक्वेस्ट रेमिट अन्तर्गत नेपालमा रहेका आफन्तले दुवै कम्पनी मार्फत पठाएको रिक्वेस्टको सूचना तत्काल विदेशमा भएको व्यक्तिले जानकारी पाई आवश्यकता अनुसार रमेटिन्स नेपालमा पठाउन सक्छ ।

रेमिटेन्स उपहार पठाउने व्यक्तिले ताकिएको आफन्तले गोल्ड प्लेटेड सिक्का पाउनेछन् । यो योजना अगस्ट देखि अकुटबर, ३० तारिख २०२२ सम्म चल्ने जनाइएको छ । योजना अनुसार २ हजार डलरको रेमिटेन्स पाउने नेपाली लाभग्राहीहरूले गोल्ड प्लेटेड सिक्का उपहार पाउनेमा सयौँ पुगिसकेका कम्पनीको दाबी छ । मुन्चा र ललित मनी ट्रान्सफरले विगत १७ वर्ष देखी विदेशमा रहेका नेपालीहरूले वैधानिक रूपमा पठाएको रेमिटेन्स नेपालमा रहेका आफन्तहरूलाई डिजिटल मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया