आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

प्रत्येक वर्ष आयोजना हुँदै आएको भर्चुअल एडुफेयर यस वर्ष सेप्टेम्बर १६, २०२२ देखि सुरु भएको आयोजक पोखरा विश्वविद्यालयले जनाइको छ । एडुफेयरका आयोजक यस विश्वविद्यालयलेबाट सम्बन्धन प्राप्त कलेजहरूको छाता संगढन (OPEN) , हिसान, र कलेज रिडर मैगजीन संयुक्त रूपमा रहेका छन् । भर्चुअल एडुफेयरको आयोजना गर्नुको कारण कोभिड महामारीबाट सुरक्षित हुँदै एडुफेयरलाई प्रविधि मैत्री बनाउँदै लैजानु प्रमुख उद्देश्य रहेको एक आयोजकले बताए । छठै भर्चुअल एडुफेयर २०२२ को पत्रकार सम्मेलन गर्दे एक भव्य समारोहका बिच १६ सेप्टेम्बरमा हिसानका केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले उद्घाटन गरेका थिए ।

अध्यक्ष रमेश कुमार सिलवाल

उद्घाटन सत्रमा हिसानका केन्द्रीय उपाध्यक्ष तथा एडुफेयर संयोजक रामहरि सिलवालले शिक्षण संस्थाका सञ्चालकहरूले शैक्षिक क्षेत्रको कमजोरी पत्ता लगाएता पनि उपचार नगरिएकोले शिक्षाका समस्याहरू समाधान नभएको आरोप लगाए । राष्ट्रको सबै भन्दा पुरानो त्रिभुवन विश्वविद्यालय प्रतिस्पर्धा गर्दे पोखरा विश्वविद्यालय शिक्षा गुणस्तरको तेस्रो श्रेणीमा पर्न सफल भएको छ । पोखरा अन्तर्गत आङ्गिक कलेजहरू ८ वटा, त्यस्तै सम्बन्धन प्राप्त भएका ५८ कलेजहरू रहेका छन् । यस विश्वविद्यालयले छोटो समयमा शैक्षिक क्षेत्रमा बलियो उपस्थिति जनाए सँगै व्यवस्थापन संकायका सम्बन्धन प्राप्त कलेजहरूले “थियोरी अफ रबर ब्यान्ड” सिद्धान्तलाई अनुसरण गर्दे, उत्कृष्ट नतिजा निकाल्न सफल भएकोले पोखरा विश्वविद्यालयका भाइस चान्सलर प्रो.डा. प्रेम नारायण अर्याललाई धन्यवाद दिएका छन् ।

एक वर्ष सम्म चल्ने भर्चुअल एडुफेयरमा प्रत्येक वर्ष १० लाख बिद्ययार्थीहरुले अवलोकन गर्ने आयोजकको दाबी छ । एडुफेयरमा पोखरा विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरू ६४, त्रिभुवन तथा पूर्वाञ्चल विश्वविद्यालय सहित नेपालका उत्कृष्ट +2 , इन्जिनियरिङ, व्यवस्थापन अध्यापन गराउने २०० बढी कलेजहरूको सहभागिता छ । उस अघि भर्चुअल एडुफेयर एक महिनाको सीमित अवधि लागि आयोजना गर्दे आएकोमा यस वर्ष देखि विद्यार्थीहरूको सहजताको लागि १६ सेप्टेम्बर देखि एक वर्ष सम्म चल्ने छ । विद्यार्थी र अभिभावकहरूले www.virtualedufairnepal.com लगइन गरेर अवलोकन गर्न सक्ने छन् ।

हिसानका केन्द्रीय उपाध्यक्ष संयोजक रामहरि सिलवाल

तपाईको प्रतिक्रिया