आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

यस वर्ष हालै सम्पन्न भएको मिस टिन प्रिन्सेस –२०२२ मा सर्वाधिक जीत निकाल्दै सिम्फोनी सिवाकोटी, मिस टिन ग्रिन उपाधि जित्न सफल भएकी आयोजक अनुजा मिडियाले जनाएको छ । उक्त मिस टिन प्रिन्सेस –२०२२ मा आस्था कलौनीले मिस टिन प्रिन्सेसको ताज पहिरिन सफल भइन् । अनुजा मिडियाको आयोजनाको मिस टिन प्रिन्सेस तेस्रो संस्करण रहेको जनाइएको छ । अनुजा र थ्री जेनेरेसन विश्वविद्यालयको समन्वयमा नेपाल भरका दश हजार युवाहरूलाई एउटै प्लाटर्फम मार्फत विभिन्न जीवन उपयोगी प्रस्तुतीकरणमा पोख्त बनाउने अभियान चलाइएको जनाइएको छ । कार्यक्रममा मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्युटी विथ पर्पोस स्यारोन बज्राचार्यले हात पारिन । मिस पब्लिक चोइसको ताज प्रमीला छेत्री तथा मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठले जितिन ।

सिम्फोनीले मिस टिन प्रिन्सेसमा समाज सेवीको रूपमा प्रस्तुत हुँदै सफल नेतृत्वको उपाधि जितिन । चौध प्रत्याशी मध्ये उत्कृष्ट ६ मिस टिन श्रेणीमा परेपछि “कुन कुराले नेपाली भनेर गर्व लाग्छ” सोधिएको एक प्रश्नमा उनले नेपालमा विविध भाषा बोलिन्छ, विशेष गरी नेपाल घुम्न आउने पर्यटकहरू विश्वमै नपाइने गुन्द्रुक र ढेंडोको स्वाद रमाएको देख्दा नेपाली भनेर गर्व लाग्छ । यही जवाफमा उनलाई प्रमुख निर्णायक शिक्षाविद् रमेश कुमार सिलवालले सफल नेतृत्वको घोषणा गरेका थिए ।

उक्त मिस टिन प्रिन्सेस –२०२२ प्रमुख निर्णायकको रूपमा शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायकहरूमा समाजसेवी कमल केशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्युटिसियन रुश्का श्रेष्ठ, होटेल व्यवसायी विष्णु बहादुर कार्की र मोडेल निशा राईले उपस्थिति जनाएका थिए ।

मिस टिन प्रिन्सेस –२०२२ को मुख्य प्रायोजकमा ब्रिज ईन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सी रहेको थियो । त्यस्तै अन्य प्रायोजकहरूमा नबिल बैेक, गोल्डेन गेट कलेज, सिल्भर क्राउन, इन्द्रेणी वल्ड, एडु पाना, मेरो सक्सेस र माया एनिमेसन एकेडेमी रहेको जनाएको छ । रिल्यान्स इन्स्योरेन्सका राकेश पोख्रेल लगायत ११ व्यवसायक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले भिडियो टिजर मार्फत जीवनका आफ्नो अनुभव बताउँदै प्रतियोगीहरूलाई शुभकामना दिएका थिए ।

 

तपाईको प्रतिक्रिया