आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । जस अन्तर्गत दैनिक र साप्ताहिक गरी नौ भाग्यशाली सेवाग्राही विजेता छनोटमा परेको कम्पनीले जनाएको छ ।

पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोटमा परेका छन् । उनीहरूले जनही रू. २५,०००÷– (पच्चिस हजार) प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र विदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट परेका छन् । विजेताहरू प्रत्येकले एक÷एक सामसुङ् मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्ने जनाएको छ ।

आइएमई दसैँ अफर २०७९

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालनमा छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,०००÷– (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नोभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात् ६३ दिन कायम हुनेछ ।
यस सम्बन्धी विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र शर्तहरूको अक्षरशः पालन गर्नु गराउनुपर्नेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

 

 

 

तपाईको प्रतिक्रिया