आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

कुमारी बैंकले पाँच सय देखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप हाले सार्वजनिक गरिएको जनाइएको छ । ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना अन्तर्गत छोटो समयमै पाँच सय देखि सय गुणा वृद्धि गर्ने विशेष योजना ल्याएको जनाएको छ । ग्राहक चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बीज रकम जम्मा गरी धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् । बैंकले सार्वजनिक गरेको योजना अनुसार २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ५ दिनमा १५ गुणा, ८ वर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा र १९ वर्ष ९ महिना १६ दिनमा १०० गुणा धनवृद्धि हुने छ ।

यस आवधिक योजना अन्तर्गत, प्रारम्भिक बीज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान छ । योजना आश्विन १ देखि लागु हुने छ । देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखा रहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

 

तपाईको प्रतिक्रिया