आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

आइएमई–पे र किरण सुज द्वारा निर्मित गोल्डस्टार सुजबिच हालै साझेदारी सम्झौता भएको जनाएको छ । सम्झौता अनुसार आइएमई–पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रूपमा जोडिएको छ । गोल्डस्टार जुत्ताले आइएमई–पे प्रयोगकर्ताहरूलाई यस ४६ दिने क्याम्पेन अवधिमा हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । आइएमई–पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यास ब्याक पनि प्राप्त गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

आइएमई–पेको दसैँ क्याम्पेन अवधिमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनुहुनेछ । कोड प्रयोग गरी विजेताहरूले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् भने, विजेताहरूले डेलिवरि चार्ज भने स्वयम भुक्तानी गर्ने शर्त राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया